एजेन्सी– सिरियामा सन् २०२३ को शुरुदेखि हालसम्म ल्यान्डमाइन विस्फोटमा परी ५५ जनाको मृत्यु भएको छ। सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार मर्नेहरूमा दुई महिला र १८ बालबालिकाहरू पनि छन्।
घटनाहरू विद्रोही नियन्त्रित क्षेत्र र बारुदी सुरुङको पत्ता नलागेका क्षेत्रहरूमा बढी पाइएको छ। त्यस्तै हामाको मध्य प्रान्तको सलामीएह क्षेत्रमा बिहीबार पाँच जना मारिएका छन्।
साथै सोही अवधिमा बारुदी सुरुङ विस्फोटबाट २८ बालबालिका र चार महिलासहित ११८ जना घाइते भएको बेलाइतमा रहेको वाचडग समूहले जनाएको छ।
देशको आधिकारिक समाचार एजेन्सी सानाले जनाएअनुसार पाँचजना पीडितहरू ट्रफल (एक प्रकारको (च्याउजस्तै) कन्दमूल) संकलनकर्ता अंक रहेको र इस्लामिक स्टेट (आईएस) आतंककारीहरुले छोडेको बारुदी सुरुङ विस्फोटमा परेका थिए।
बारुदी सुरुङमा मारिएका धेरैजसो किसानहरू वा मरुभूमि क्षेत्रमा ट्रफल संकलन गर्ने कामदारहरू रहेको बताइएको छ। यसअघि फेब्रुअरीमा आईएसले पूर्वी सिरियाको मरुभूमि क्षेत्रमा ६४ जना ट्रफल संकलनकर्ताहरुलाई मारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।