काठमाडौं– सागर डिस्टिलरी यही फागुन १९ गतेदेखि हुने ए डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबको मुख्य प्रायोजक हुने भएको छ।
जसका लागि सातदोबाटो युथ क्लब र सागर डिस्टिलरीबिच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ। क्लबले सागर डिस्टिलरी प्रालिको रोयल ब्लुसँग मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको हो।  
सम्झौता एक वर्ष अवधिको रहेको छ। सम्झौतासँगै क्बलवको नाम ‘रोयल ब्लु सातदोबाटो युथ क्लब’ रहनेछ।
 
 जर्सि सार्वजनिक गर्दै सागर डिस्टिलरीका मार्केटिङ तथा ब्राण्ड प्रमुख रितिक शाही।
जर्सि सार्वजनिक गर्दै सागर डिस्टिलरीका मार्केटिङ तथा ब्राण्ड प्रमुख रितिक शाही।
यो सहयोगले क्लबलाई आसन्न लिगमा राम्रो नतिजा निकाल्ने हौसला प्राप्त भएको सातदोबाटो युथ क्लबका महासचिव सुनिल विष्टले बताए। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।