काठमाडौं– नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्चब्याक’ सेग्मेन्टमा ‘ग्राण्ड आई १० निओस’ को फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार गाडीको पछिल्लो भागमा सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित ‘एलईडी टेल लाइटस’ जडित लाइटबारले नयाँ स्वरूप दिएको छ। त्यस्तै, अघिल्लो भागमा रहेको ‘पेन्ट ब्लयाक रेडिटर ग्रील’ र ‘एलईडी डे टाइम रन्ंि ल्याप’ ले गाडीलाई बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ।
साथै १५ इनच ‘डुअल टोन स्टेड ह्वूल, प्रोजेक्टर हेड लेम्पस, सार्क फीन एनटिना र रुफ रइल’ र्ले बढी आकर्षक बनाएको छ। त्यस्तै, सुरक्षाको हिसाबले पहिले भन्दा पनि बढी परिष्कृत र नवीनतम भएको, अझ बलियो र सुरक्षित ‘एएचएचएस’ द्वारा तयार गरिएको चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा ‘एयर ब्यागस, ईएससि, भिएसएम, एचएसी र रियल पार्किं क्यामरा वूइत डिस्पिले अन अडीयो’ लगायतका फिचरहरु समावेश गरिएको कम्पनीले जनाएको छ।
गाडीमा ‘सेमी फाब्रीक सिट’ दिएको छ भने ‘टिल्ट स्टेरिं, कुल्ड ग्लोभ बक्स, फुटवेल लाइटीं ८, इनपफोमिसन सिस्टम यूस्बि चार्जले चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने कम्पनीले बताएको छ। यसको प्रारम्भिक मूल्य २९ लाख ९६ हजारदेखि रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।