एजेन्सी– नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका छन्।
निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति अतीकु अबुबाकरलाई पराजित गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
नेता अबुबाकरले छ लाख ९८ हजार मत प्राप्त गरेका छन् उनलाई पछ्याउँदै लेबर पार्टीका उम्मेदवार पिटर ओबीले ६१ लाख भोट पाएको राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महमूद याकुबुले बताए।
यो निर्वाचन नाइजेरियाको इतिहासमा सबैभन्दा कडा प्रतिस्पर्धा भएको थियो। नेता टिनुबुको पकड बलियो रहेको लागोसका साथै देशको दक्षिणपश्चिम क्षेत्रमा आफ्नो गढ बनाएका ओबीलाई पराजित गरेका हुन्।
नवनिर्वाचित राष्ट्रपति टिनुबु लागोस राज्यका पूर्वगभर्नर एवम् सिनेटर हुन्। राष्ट्रव्यापी समर्थकहरूको विशाल भेलालाई सम्बेधन गर्दै उनले आफ्नो जितसँगै नाइजेरियामा नयाँ आशा पलाएको बताए।
उनले दिगो विकासमा ध्यान दिने तथा नागरिकका चाहनाबमोजित राष्ट्रिय विकासका काम गर्ने प्रतिबद्धता व्यक्त गरे। सुरक्षित नाइजेरिया बनाउने जनचाहना पूरा गर्ने दृढता पनि उनले व्यक्त गरे।
निवर्तमान राष्ट्रपति मुहम्मदु बुहारीले टिनुबुको जितको स्वागत गर्दै निर्वाचन परिणामले अफ्रिकाको सबैभन्दा ठूलो अर्थतन्त्रमा लोकतन्त्र प्रतिविम्बित भएको बताए।
राष्ट्रपति बुहारीले सुव्यवस्थित रूपमा टिनुबु र उनको टोलीलाई सत्ता हस्तान्तरण गर्ने बताएका छन्। बुहारीले राष्ट्रपति निर्वाचनलाई अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यासका रूपमा वर्णन गर्दै नवनिर्वाचित राष्ट्रपति टिनुबुको प्रशंसा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।