एथेन्स- ग्रिसमा दुईवटा रेल आपसमा ठोक्किदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार ८५ भन्दा बढी यात्रु घाइते भएका छन्।
मंगलबार राति ३५० जना यात्रु बोकेर गुडिरहेको रेल मध्यग्रिसको लरिसामा दुर्घटनामा परेको हो।
ग्रिक आगलागी नियन्त्रण सेवाका अनुसार उक्त रेल विपरित दिशाबाट आइरहेको कार्गो रेलसँग ठोक्किएको हो।
यात्रुबाहक रेल ग्रिसको राजधानी एथेन्सीबाट त्यहाँको दोस्रो ठूलो सहर थेसालोनिकीतर्फ गइरहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।