काठमाडौं– डाबर नेपालले काठमाडौं इन्स्टिट्यूट अफ चाइल्ड हेल्थलाई रू ३० लाख बराबरकाे सहयोग प्रदान गरेको छ।
उक्त इन्स्टिट्यूटको बाल स्वास्थ्य संस्थानलाई नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने अभियानका लागि डाबर नेपालले उक्त अनुदान उपलब्ध गराएको हो।
नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ डाबर नेपालले आफ्नो 'सीएसआर' अन्तर्गत उक्त अनुदान प्रदान गरेको जनाएको छ।
उक्त रकम डाबर नेपालकी अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा, डाबर नेपालका बिजनेश हेड एचएस बेदीले गत आइतबार डाबर नेपालका एचआर हेड अनिल पुरी र एडमिन कन्सल्टेन्ट मन्दार शिखर ब्यानर्जीको उपस्थितिमा काठमाडौं बाल स्वास्थ्य संस्थाका संस्थापक अध्यक्ष डा भगवान कोइरालालाई हस्तान्तरण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।