काठमाडौं– नासाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा चार अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्सको रकेट अन्तिम समयमा प्राविधिक समस्याका कारण प्रक्षेपण रोकिएको छ।
क्यानेडी स्पेस सेन्टरबाट रकेट उडान भर्नु दुई मिनेट अघि मात्र रोकिएको हो। स्पेस एक्सले तत्काल यसको जानकारी दिँदै पुन: पक्षेपण गरिने बताएको छ।
मौसममा खराबी नआएको खण्डमा अब उक्त उडान मंगलबार गरिनेछ। स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारीमा थिए।
यस्तै रकेटबाट सबै इन्धन ननिकाल्दासम्म अन्तरीक्षयात्री रकेटभित्रै रहेका थिए। त्यसबेला कमान्डर स्टिफिन बोवेनले आफूहरु भित्रै सुरक्षित रहेको बताएका थिए।
अधिकारीका अनुसार इन्जिन इग्निशन फ्लूइठको लोड गर्नका लागि उपयोग गरिने उपकरणमा समस्या आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।