एजेन्सी– यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका दुई जना लाडाकू मारिएको एक सैनिक अधिकारीले बताएका छन्।
अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल जलाल क्षेत्रमा एउटा घरमा प्रहार क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन घर हाल साउदी समर्थित यमनी सरकारद्वारा नियन्त्रित रहेको बताइएको छ।
आक्रमणपछि, अल-कायदा आतंकवादी समूहका सदस्यहरू शवहरू संकलन गर्न विस्फोट भएको ठाउँमा पुगेको र त्यसपछि नजिकैको मरुभूमिमा भागेको पनि सुरक्षास्रोतले जनाएको छ।
अरबी प्रायद्वीपमा अल-कायदा र अन्य चरमपन्थी समूहहरूको बलियो उपस्थिति रहेको लामो समयदेखि सैन्य झडपको केन्द्रबिन्दु रहेको अब्यान प्रान्तमा यस्ता थुप्रै झडपहरू हुने गरेको छ।
अब्यान र अन्य छिमेकी प्रान्तहरू शाब्वाको चट्टानी इलाका र पहाडी इलाकाहरूमा लुकेका अल-कायदा लडाकूहरूले यमनका सरकारी सेनाविरुद्ध बारम्बार विभिन्न आक्रमणका रणनीतिहरू प्रयोग गर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।