काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले आगामी दिनमा गर्ने मुख्य १० वटा कामको सूची बनाएका छन्।
पदभार सम्हालेको ४२ दिनमा उनले आफूले सुधार गरेका कामहरुबारे जानकारी दिँदै आगामी प्राथिमकताका सूचीबारे जानकारी दिएका छन्।
मन्त्री किराँतीले पशुपति विश्वविद्यालय स्थापना, पशुपति सरसफाइ तीन महिने अभियान र नेपाल नागरिक उड्डयन प्राधिकरणको क्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारसम्बन्धी उजुरी लिने स्थायी युनिट निर्माणको तयारी भइरहेको जानकारी दिएका छनु।
यस्तै उनले सरसफाइ अभियानलाई संस्थागत गर्न निर्देशिका तयार गरिने, सम्पदा क्षेत्रमा (हप एण्ड हप अप) यातायत सञ्चालन गर्ने , ग्राउनडेट जहाज छानबिन समिति गठन गर्ने तयारी रहेको बताए बताएका छन्।
यसैगरी हवाई नागरिक उड्ड्यन विद्येयक प्रक्रिया अगाडि बढाउने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कूटनीतिक पहल थाल्ने, भरतपुर विमानस्थल विस्तार गर्ने र नमस्ते पर्यटक सेवा विस्तार गर्नेलगायतका १० बुँदा उनले आगामी प्राथमिकताका रुपमा उल्लेख गरेका छन्।
यसअघि गरेका पाँच काममध्ये अनलाइन टिकेटिङ, सरसफाई र व्यवस्थापकिय सुधार, हवाई सुरक्षासम्बन्धी सबैमा काम गर्ने निर्देशन , लुम्बिनी गुरुयोजना अध्ययन र प्रतिवेदनका साथै विमानस्थल तथा अन्य विभागीय क्षेत्रमा इन्टरनेटको चुस्त व्यवस्थापन रहेको मन्त्री किराँतीले जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।