काठमाडौं– नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको घोषणा गरेको छ।
जस अन्तर्गत ग्राहकहरूले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्युसँग साट्न सक्नेछन्।
यो एक्सचेन्ज योजनामा कोनाको न्यूनतम एक्सचेन्ज मूल्यांकन ४० लाख रुपैयाँ कायम गरिएको छ जुन हालसम्मको मूल्यांकनमा सबभन्दा बढी भएको कम्पनीले जनाएको छ।
यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिने कम्पनीले जनाएको छ।
यस अफरको फाइदा उठाएर ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्ट्रिक वा आईओएनआईक्यू ५ को उत्कृष्ट सुविधा र राम्रो पर्फर्मेन्सको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।
नेपालका विद्युतीय सवारी साधनहरूमा हुन्डाई इभीहरू अग्रपंत्तिमा रहेका छन्। यी इभीहरूले विश्वभरका ग्राहकहरूको मन जित्न सफल हुनुका साथै नेपाली बजारमा पनि आफ्नो दरो वर्चस्व कायम गरी सफलता हासिल गरिरहेको कम्पनीको दाबी छ।
एक्सचेन्ज अफर योजना नेपाल भरिको हुन्डाई सोरुमहरूमा उपलब्ध छ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ स्टेशनमार्फत् नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।
यस कम्पनीले परिवर्तनशिल नयाँ संरचनामार्फत् सवारी साधन बिक्री मात्र नभई देशभर चार्जिङ स्टेसन विस्तार गरी नेपालमा विद्युतीय सवारी साधन चलाउने संस्कृतिको विकास गर्ने प्रतिबद्धता जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।