काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक र नर्भिक इन्टरनेसनल हस्पिटलबीच बैंकका डेबिट कार्ड होल्डरहरुलाई हस्पिटलले दिने सेवामा १० प्रतिशतसम्म छुट दिने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी र नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतापश्चात् राष्ट्रिय वाणिज्य बैंकका डेबिट कार्ड होल्डरहरु र कार्ड होल्डरका परिवारले हस्पिटलको प्याथोलोजी, रेडियोलोजी, सिटी स्क्यान, एमआरआई, म्यामोग्राम, कार्डियाक नन इन्भेजिभ परिक्षण, सर्जिकल शुल्कमा १० प्रतिशत र बेड शुल्क तथा वार्षिक स्वास्थ्य प्याकेजमा थप ५ प्रतिशत छुट पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।