• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

शारीरिक रुपमा स्वस्थ रहन मुख स्वास्थ्यको महत्व

टेकराज पन्थी आइतबार, फागुन १४, २०७९  ०७:५९
1140x725

स्वास्थ्य भनेको रोग तथा दुर्बलताबाट मुक्त हुनु मात्र नभई सम्पूर्ण शारीरिक, मानसिक तथा सामाजिक अवस्था तन्दुरुस्त हुनु हो। मुखलाई स्वास्थ्यको दर्पण नै मानिन्छ। मानिसको मुखको स्वास्थलाई उसको व्यक्तित्वसँग जोडेर हेरिन्छ। मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसँग सम्बन्ध राख्ने रोगहरू हुन्। नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ्य खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी बिषयहरु हुन्। 

बढ्दो फास्टफुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन्। पहिले पहिले अर्गानिक खानपिन हुँदा मुख सम्बन्धी कम रोग लाग्ने गर्दथ्यो। भुटेका मकै, भटमास, चना, स्याउ, इत्यादि चपाएर खाने गरिन्थ्यो। तर आजकाल काटेर साना टुक्राबनाएर खाने, मकै भटमासका स्थानमा चाउचाउ, मम, विस्कुट जस्ता जंकफुड खाने चलन बढ्दै गएको छ। त्यसैगरी मासु तथा मसालेदार भोजनको सेवनले जिब्रोलाई जति आनन्दित तुल्याउँछ, त्यति नै मुख स्वास्थ्यका लागि चुनौति सिर्जना गर्छ। मासुको अत्यधिक सेवनले गिजामा मासुका त्यान्द्रा अड्किने, हड्डीले दाँत भाँचिने तथा कुँड्किने, दाँत दुख्ने तथा खानामा लसुन–प्याजको अत्यधिक सेवनले मुख गन्हाउने जस्ता समस्या देखापर्छन्। मुखमा ब्याक्टेरियाको मात्रा अत्यधिक भई टन्सिलाइटिस तथा फ्यारेन्जाइटिस हुने प्रवल संभावना हुन्छ। 

Tek_Raj_Panthi1677372301.jpg
टेकराज पन्थी

मुखलाई स्वस्थ राख्न सानै उमेर देखि दिनहुँ सफा गर्ने, पखाल्ने, प्रभावकारी तरिकाले ब्रस र पेस्ट लगाउने गर्नाले दाँतको समस्या धेरै हदसम्म समाधान हुन्छ। ब्रस गर्दा धेरै घोटेर गर्नु राम्रो हुन्छ भन्ने सोच गलत हो, उपयुक्त तवरले तलमाथि गर्दै ब्रस गर्नु जरुरी हुन्छ। हाम्रो शरीरको प्रवेशद्वार मुख हो। शरीर सञ्चालनको लागि चाहिने शक्ति खानाबाट प्राप्त हुन्छ। खाना मुख हुँदै दाँतले चपाएपछि शरीरभित्र पस्छ। खाना खान मात्र होइन, मुहारको चमक बढाउन, बोलीको शैली विकास गर्न पनि मुखको अहम् भूमिका हुन्छ। तर त्यही मुखको बनावटमा सबैभन्दा महत्वपूर्ण भूमिका खेल्ने दाँत तथा मुखको स्वास्थ्य बारे खासै ख्याल नै गर्दैनौं। मानव जीवनमा दुई सेट दाँत आउँछन्। बाल्यकालका दाँतलाई हामी दुधे दाँत भन्छौं। ६ महीनादेखि २१ वर्षभित्रमा मुखमा ३२ वटा दात हुन्छन्। दुधे दाँत फेरिएर स्थायी दाँत आउने भएकोले कतिपयमा स्थायी दाँत फेरिएर अर्को दाँत आउने भ्रम पनि रहेको पाइन्छ।

बिहान बेलुका फ्लोराइडयुक्त दन्तमञ्जनले दाँत माझ्नाले मुखका धेरै समस्या निराकरण हुन्छन्। दाँतका लागि फ्लोराइड अति आवश्यक खनिज हो। दाँतको बाहिरी भागमा रहेको इनामेलसँग दाँत विकासको क्रममा फ्लोराइड मिसिंदा फ्लोरहाइड्रो अक्सिएपटाइट क्रिस्टल बन्छ, जसले दाँतलाई कीराले खानबाट जोगाउँछ। फ्लोराइडले कीटाणुलाई मार्नुका साथै वृद्धि प्रक्रिया रोक्न मद्दत गर्छ। फ्लोराइड सार्वजनिक स्वास्थ्य औजार हो। पश्चिमा राष्ट्रहरूमा यसलाई पिउने पानीमा मिसाउने चलन छ। गिजा र दाँत समाति राख्ने तन्तुको रोग, (दन्त हर्सा), बाङ्गो टिङ्गो दाँतले हुने समस्या (माल अक्लुजन), मुखको क्यान्सर, मुख, अनुहार र दाँतमा लाग्ने चोटपटक, तालु र ओठको खुँडेपन, स्वास गन्हाउने समस्या (ह्यालिटोसीस), नोमा र शारीरिक बिमारीका कारणले मुखमा देखिने समस्याहरु प्रमुख समस्या हुन्। अहिले शहरमुखी जनजीवन र खानपान, मुख स्वास्थ्यसँग जनचेतनाको अभाव, जंकफुड ह्याबिट जस्ता खाद्य ब्यवहारले मुख स्वास्थ्यमा समस्या निम्ताएको छ। 

मुख स्वास्थ्यमा देखिने अधिक समस्याहरु रोकथाम गर्न सकिने खालका भएकाले समुदाय र स्कुलमा मुख स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम र पाठ्यक्रम विकास गर्ने नीतिगत ब्यवस्था गरिनु पर्दछ। मधुमेह, उक्तरक्तचाप, मुटुरोग, मानसिक रोग नकारात्मक सोचका उपज हुन्। यसबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न जरूरी छ। भोजन आहार हो, जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं। तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्य भित्र लिन्छौं। दृश्य पनि आहार नै हो। कानले लिने आवाज, छालाले गर्ने स्पर्श तथा मनले ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो। गलत विचारको आहारले नै अधिकांश मानसिक रोग सुरु हुन्छन्।
दाँत तथा मुख स्वास्थ्य हाम्रो शारीरिक स्वास्थ्यको ऐनाको रुपमा हेरिन्छ। धेरै दीर्घ रोगहरूको सुरुवाती लक्षण मुखमा सामान्य परिवर्तन आएर देखिन्छ भने अर्कोतर्फ मुख स्वस्थ्य राख्न सकिएन भने त्यसकै कारणले अन्य धेरै रोगहरूको सिकार बन्नुपर्ने अवस्था पनि आउँछ। त्यसकारण शारीरिक रुपमा स्वस्थ्य रहनलाई मुख स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने देखिन्छ। मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूको सजिलै रोकथाम गर्न सकिने भएतापनि विश्वभर नै धेरै मानिसहरु मुख तथा दाँत सम्बन्धी कुनै न कुनै समस्याबाट ग्रसित रहेको धेरै अध्ययनहरुले देखाएको छ। विकसित देशहरुमा मुख्यतः खानपिनको कारणबाट धेरै मुख तथा दाँत सम्बन्धी रोगहरु लागेको पाइन्छ भने विकाशिल देशहरुमा भने जनचेतनाको र स्वास्थमा पहुँचको कमि कै कारण पनि धेरै मानिसहरूमा मुख सम्बन्धी समस्या देखिने गरेका छ्न्।

विभिन्न देशमा भएका फरक फरक अध्ययनले शैक्षिक अवस्था, आर्थिक अवस्था र सामाजिक अवस्थाको मुख स्वास्थ्यसँग गहिरो सम्बन्ध रहेको देखाएको छ। हाम्रो जस्तो देशमा मुख तथा दाँत सम्बन्धी धेरै समस्याहरुको मुख्य कारकतत्व मध्ये जनचेतनाको कमि, आर्थिक, सामाजिक अवस्था, अनि सरकार र सरोकारवाला निकायहरूले मुख स्वास्थ्यलाई उपेक्षामा पार्नु नै हो। दाँत तथा मुख सम्बन्धी धेरै समस्यामा दाँत नदुखे पनि दाँत बाङ्गोटिङ्गो हुनु, दाँत नहुनु, बोली राम्रोसँग नआउनु, ओठ तथा तालुमा चिरा पार्नु, दाँतमा दाग हुनु, स्वास गन्हाउनु लगायत थुप्रै दाँत सम्बन्धी समस्या छन् भने ब्यक्ति खुलेर हाँस्न पनि नसक्ने र सार्वजनिक कार्यक्रममा प्रस्तुत हुँदा समेत आत्मविश्वासको कमि हुने धेरै अध्ययनले देखाएको छ। त्यसैले दाँत र मुखमा दुखाइ हुने मात्र समस्या नभई दाँत सम्बन्धी अन्य समस्याले पनि मानिसको जीवनशैलिलाई धेरै हदसम्म असर गरेको हुन्छ। 

नेपाल सरकारले राष्ट्रिय मुख स्वास्थ्य नीति २०७०, मुख स्वास्थ्य निर्देशिका २०७१ मा नै नेपालमा दन्त चिकित्सक अस्पताल स्थापना गर्ने, प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल, प्रादेशिक अस्पतालमा थप दरबन्दी सृजना गर्ने भनेर घोषणा गरेको थियो। तर आज २०७९ पुषसम्म पनि न त अस्पताल स्थापना गर्ने विषय अघि बढेको छ, न दरबन्दी सृजना गर्ने विषय नै  अगाडि बढेको छ। दाँत तथा मुख सम्बन्धी उपचार सबैको पहुँचमा छैन। दाँत शरीरको स्वास्थ्य र सौन्दर्यसँग अभिन्न रुपले जोडिन्छ। खानेकुरा एकदमै राम्ररी चपाएर खानुपर्छ। जति मिहिन ढंगले चपाउन सकिन्छ, त्यती नै पाचन यन्त्रका लागि सहज हुन्छ। अतः यसका लागि दाँत बलियो र सफा हुनैपर्छ। दाँत बलियो भएमा समग्र पेट वा स्वास्थ्य राम्रो हुन्छ। जे खादा पनि बत्तिसपटक चपाएर खानु पर्दछ। दाँतलाई सफा राख्न धेरै गाह्रो छैन। खाना खाएपछि दाँत राम्ररी सफा गरे पुग्छ। दिनमा दुई पटक राम्ररी ब्रस गर्ने वा अन्य खानेकुरा खाइसकेपछि मुख कुल्ला गर्ने विधीले दाँत सफा हुन्छ वा दाँतमा फोहोर जम्न पाउँदैन।

हामीले ब्रस गर्न सानैबाट सिकेका हुन्छौं तर आश्चर्यजनक मान्नु पर्दछ कि धेरैजसो मानिसहरुले अझै पनि सहि ढंगले ब्रस गर्न जान्दैनन्। दन्त चिकित्सकहरुका अनुसार स्वस्थ्य र मजबुत दाँतको लागि दैनिक ब्रस गरिसकेपछि जिब्रो पनि राम्रोसँग सफा गर्नुपर्छ। चिकित्सकका अनुसार हामीले दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ र ब्रस गरेपछि नुनपानीले कुल्ला वा माउथ वास गर्नुपर्छ। यसले हाम्रो दाँत र गीजाहरुलाई ब्याक्टेरियाबाट बचाउँछ। कम्तिमा दुई मिनेटसम्म ब्रस गर्नुपर्दछ। यसले मुखभित्रको सतहबाट विभिन्नखाले ब्याक्टेरिया निस्कन्छन् र दाँतमा हुने क्षतिलाई पनि रोक्छ।  हरेक तीन तीन महिनामा ब्रस परिवर्तन गर्नु पर्दछ तर तीन महिना भन्दा धेरै प्रयोग गर्दा पनि ब्रस खराब नभएको हुनसक्छ तर त्यसलाई छोडेर नयाँ ब्रस किन्नुपर्छ। यदि  दाँतमा कालो दाग देखिएको छ, खाना दाँतमा फस्न थालेको छ, चिसो तातो खाँदा दाँतमा झनझनाहट हुन्छ वा गीजाबाट रगत आउन थालेको छ भने दन्त चिकित्सकसँग भेटेर उचित उपचार गर्न ढिला गर्नुहुन्न। समयमा चिकित्सकसँग परीक्षण गराइ मुख र दात स्वस्थ्य राख्नु पर्दछ।

Ncell 2
Ncell 2
nimb
nimb

चिनीजन्य पदार्थ नखाने जुन पेयपदार्थमा चिनीको मात्रा बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन्। यतिसम्म कि सुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ। यसले दाँतमा क्याबिटीको खतरा हुन्छ। फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ। यसले दाँतको आवरणमा नोक्सान पु-याउँछ। साथै मादकपदार्थबाट टाढा रहनु ठिक हुन्छ। एउटा अध्ययन अनुसार मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ। अझ यदि राति रक्सी पिएर सुत्ने हो भने यसले दाँतमा झनै खराबी गर्छ। सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन्। दाँतलाई बलियो बनाउन नियमित चेकअप गर्नु पर्दछ। जबसम्म हाम्रो दाँत दुख्दैन वा क्याबिटी हुँदैन, तबसम्म डेन्टिस्टकहाँ नजाने हाम्रो बानी छ। यो गलत हो। सकभर दाँत सम्बन्धी गम्भीर रोग लाग्नु भन्दा अघि नै डाक्टरकोमा जानुपर्छ। यदि दाँतसम्बन्धी गम्भीर रोग नै लागेको भए पनि नियमित चेकअपमा गएको खण्डमा समयमै ठीक हुन्छ। दन्त क्यान्सर जस्तो ठूलो खतराबाट बच्न सक्नुहुनेछ। 

दाँत तथा मुख सफा गर्न बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरी दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँत बिचको सतह डेन्टल फ्लस को प्रयोग गरी सफा गर्ने, बालबालिका दुर्इ वर्ष नपुग्दासम्म सफा कपास पानीले र दुर्इ वर्षको उमेरदेखि नरम ब्रसले दाँत सफा गरिदिने, टाँसिने, प्रशोधित, गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने, धूम्रपान, मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्ने, रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछा जस्ता सन्तुलित खानाको प्रयोग गर्ने हरेक ६ महिनामा दन्त परीक्षण गराउने, यदि राखौं, बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगहरूबाट बच्न सकिन्छ।

मुखको सफाइलाई स्वास्थ्य जीवनका लागि महत्त्वपूर्ण मानिन्छ।  शरीरका सम्पूर्ण अङ्ग प्रत्यअङ्गलाई स्वास्थ्य वा अस्वास्थ्य बनाउन मुखले प्रत्यक्ष भूमिका खेलेको हुन्छ। त्यसैले मुख सधै स्वास्थ्य राख्ने बानी बसाल्नुपर्छ। बिहान खाना खाइसकेपछि र बेलुका सुत्नुअघि नियमित रुपमा मुख सफा गरेमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिने चिकित्सकको भनाइ छ। बिहान र बेलुका खाना खाएपछि फ्लोराइडयुक्त दन्त मन्जन प्रयोग गरेर दाँत माझ्ने, अन्य समयमा खानेकुरा खानासाथ मुख कुल्ला गर्ने, दाँतबीचको सतह डेन्टल फ्लसको प्रयोग गरी सफा गर्ने, दाँतको सुरक्षाका लागि गुलियो, धेरै तातो वा चिसो, अमिलो खाद्य पदार्थ नखाने गर्नुपर्छ। मदिरा, सुर्तीजन्य पदार्थ, पान, सुपारी सेवन नगर्नु नै दाँतको लागि राम्रो हुन्छ। रेसादार, ताजा फलफूल, हरियो सागपात, दूध, माछाजस्ता सन्तुलित खानाको प्रयोग गरेपछि मुख सफा गर्नुपर्छ। कम्तीमा हरेक ६ महिनामा दन्त परीक्षण गराउँदा मुख सफा हुने चिकित्सकहरूको भनाइ छ।

दाँत कीराले खानु, गिजा सुन्निनु, पाक्नु, पिप वा रगत आउनु, गिजा पाक्नु र दुख्नु आदि दाँतका समस्या हुन्। यो समस्यालाई सामान्य रूपमा लिदा समस्या झन् ठूलो हुनसक्छ। किनकि पायरिया अर्थात् दन्तहर्षा रोगबाट पीडित हो वा त्यो सम्भावना छ भन्ने बुझ्नुपर्छ। दाँतको मुख्य समस्यामा दाँतको सडन र पायरिया हो। पायरिया दाँतको गम्भीर रोग हो। यसलाई चलन चल्तीको भाषामा दन्तहर्षा भनिन्छ। सामान्यतया हरेकपटक खाना खाइसकेपछि मुख कुल्ला गर्ने बानी नहुँदा र राति सुत्नुअघि ब्रस नगर्दा सानो वा ठूलो जुनसुकै उमेरमा पनि यो समस्या निम्तिन सक्छ। पायरिया रोग दाँत र गिजामा निर्मित भइरहेका जीवाणुहरूको कारणले गर्दा हुन्छ। दाँतको सफाइमा कमी, लापरबाही वा पूर्ण सफाइ नहुनाले यो रोग सबैभन्दा छिटो हुन्छ। त्यसैलाई पायरिया भनिन्छ। यसमा व्यक्तिको सास गन्हाउनु, ब्रस गर्दा गिजाबाट रगत आउनुका साथै अन्य समस्या देखिन्छन्। जाडो मौसममा पायरिया भएकाहरूलाई चिसो पानी पिउनै मुस्किल हुन्छ। पानीमात्र होइन, कहिलेकाहीँ त हावाले पनि दाँत सिरिंग बनाउँछ। तातो वा चिसो पेयपदार्थ खानै सकिँदैन।

नियमित आहार र दाँतको सुरक्षामा ध्यान नदिनु वा पूर्ण रूपले अभाव हुनु, दाँतमा अन्नका कणहरू अड्किनु र दाँत सड्नु, दाँतमा अत्यधिक फोहोर जम्मा हुनु, मुख गन्हाउनु र मुखको स्वाद नराम्रो हुनु, जीवाणुहरू मुखभित्र प्रसारण हुनु, गिजामा जलनको अनुभव हुनुका साथै मुखमा छालाको निर्माण हुनु, गिजामा पिप जम्मा हुनु, अलिकति छुने बित्तिकै गिजाबाट रगत वा पिप आउनु जस्ता पायरिया वा दन्तरोगका कारण र लक्षणहरू हुन्।

हाम्रो मुखभित्र सात सय किसिमका ब्याक्टेरिया हुन्छन्। यिनीहरूको संख्या करोडाैंमा हुन्छ। समयमा मुख, दाँत र जिब्रोको सफाइ गरिएन भने यी ब्याक्टेरियाले दाँत र गिजालाई हानि पुर्याबउँछन्। गिजामा भएको संक्रमणका कारण मुखको बिकार पेटमा पुगेर रक्तसञ्चारको माध्यमबाट मुटु, मस्तिष्क, कलेजो, किड्नी, फोक्सोमा पनि संक्रमण गराउँछ। पायरिया भएपछि दाँतलाई सपोर्ट गर्ने चिउँडोको हड्डीलाई ठुलो असर  पुराउछ। पायरिया हुनबाट बचाउन, शरीरमा भएका विषाक्त तत्वहरूको निष्कासनका लागि प्रशस्त मात्रामा पानी पिउने, पायरियाको उपचारका क्रममा बिरामीले मसला रहित उसिनेको सागपात मात्र खाने, भिटामिन सी, डी र क्याल्सियमयुक्त खाना खाने, जस्तैँ गाँजर, हरियो सागपात, पालुंगो, मेथीको साग, प्याज, मुला, अमला, गोलभेँडा, कागती, सुन्तला, मौसम, स्याउ, अम्बा, केरा, अंगुर आदि खाने। सन्तुलित भोजनका साथै दाँत बलियो बनाउन व्यायाम पनि आवश्यक हुन्छ। दाँतको व्यायाम नहुने हुँदा दाँत कमजोर भई रोग लाग्ने गर्छ। त्यसैले दाँत बलियो बनाउन समय समयमा मकै, भटमास, मटर, चना, छुर्पी, स्याउ, अम्बा, बदाम आदि खानुपर्छ। कम्तीमा वर्षको दुईपटक दन्तचिकित्सक कहाँ गई दाँतको जाँच गराउनुपर्छ। यसो भएमा सुरक्षित रहन सकिने चिकित्सकहरूको राय छ।

मसलेदार खानपान, जंकफुड र डिब्बा बन्द आहारको सेवन बिल्कुलै गर्नुहुँदैन, चीज तथा दूधबाट बनेका अन्य उत्पादन जस्तै पेडा, बर्फी, रसबरी नखाने, धूमपान, खैनी, गुट्खा र पानजस्ता चिज नखाने यसले पायरियालाई बढाउँछ, पायरियाबाट पीडित बिरामीले कहिल्यै पनि चिनी, मिठाई, चकलेटजस्ता खाद्यपदार्थ प्रयोग गर्नु हुँदैन। धेरै चिसो वा तातो पेयपदार्थको सेवन नगर्ने पायरियाबाट बच्ने र दाँत कमजोर हुनबाट बच्ने उपायहरू हुन्। तोरीको तेलमा अलिकति नुन र बेसार मिसाएर दाँत र गिजालाई औंलाले हल्का किसिमले सफा गर्ने, नीमको पात पानीमा उमालेर कुला गर्ने जस्ता घरेलु उपायहरू पर्दछन्।

अन्त्यमा, समय समयमा चिकित्सकसँग दन्त परीक्षण गराइ दाँतको राम्रो सुरक्षा र स्वस्थ्य खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी बिषयहरु हुन्। बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिकाहरु झनै मुखको स्वास्थ्यको जोखिममा हुन्छन्। समयमा मुख, दाँत र जिब्रोको सफाइ गरिएन भने यी ब्याक्टेरियाले दाँत र गिजालाई हानि पुर्‍याउँछन्। गिजामा भएको संक्रमणका कारण मुखको बिकार पेटमा पुगेर रक्तसञ्चारको माध्यमबाट मुटु, मस्तिष्क, कलेजो, किड्नी, फोक्सोमा पनि संक्रमण गराउँछ। पायरिया हुनबाट बचाउन, शरीरमा भएका विषाक्त तत्वहरूको निष्कासनका लागि प्रशस्त मात्रामा पानी पिउने, पायरियाको उपचारका क्रममा बिरामीले मसला रहित उसिनेको सागपात मात्र खाने, भिटामिन सी, डीयुक्त खाना खाने, धूमपान, मद्यपान, चिनीजन्य पदार्थ, जङ्कफुड, खैनी, गुट्खा र पानजस्ता चिज नखाने यसले पायरियालाई बढाउँछ, बिहान बेलुका खाना खाएपछि फ्लोराईडयुक्त टुथपेष्ट र नरम ब्रसले दाँत माझ्ने, मुख सफा गर्ने, सकारात्मक सोचका साथ मुख स्वास्थ्य सम्बन्धी जनचेतना बढाउने, खानपान र मुखको सरसफाईमा ध्यान दिएमा करिब ९० प्रतिशत मुखका रोगबाट बच्न सकिनेमा विश्वास गर्न सकिन्छ।

(पन्थी बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्।)

प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  ०७:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेन अमेरिका जान लागेका हुन् ?
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाको मुख्य काम रगत सफा गर्ने हो। हामीले खाएको खानेकुरा पाचन प्रणालीमा जान्छ। बुधबार, भदौ १०, २०८३
धेरै थकान महसुस हुन्छ ? हुनसक्छ गम्भीर समस्या कतिपय व्यक्तिलाई पर्याप्त निन्द्रा पुग्दा पनि दिनभर थकान महसुस हुन्छ। शारीरिक व्यायाम वा शारीरिक श्रम गर्दा थकान हुनु स्वाभाविक नै ह... मंगलबार, भदौ ९, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावना... शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
बालेन अमेरिका जान लागेका हुन् ? बिहीबार, भदौ १८, २०८३
विपद्‌मा परेका बालबालिकाको तस्बिर र भिडियो सार्वजनिक भएकोप्रति प्रहरीको सात बुँदे अनुरोध बिहीबार, भदौ १८, २०८३
बाढीपहिरोबाट ३ खर्ब ८७ अर्बको क्षेत्रगत क्षति, पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक बिहीबार, भदौ १८, २०८३
लिखतसम्बन्धी कसुरमा अध्यागमनका तत्कालीन कम्युटर अपरेटर पक्राउ बिहीबार, भदौ १८, २०८३
लक्ष्मी सनराइज बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्