• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २३, २०८३ Tue, Sep 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जलनका घटनामा उपचार गर्ने प्लास्टिक सर्जन देशभर जम्मा १३ जना, अस्पताल जति काठमाडौंमै मात्र

64x64
अन्शु खनाल शनिबार, फागुन १३, २०७९  ०७:०९
1140x725

काठमाडौं– विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार नेपालमा साना ठूला गरेर हरेक वर्ष ७५ हजार हाराहारीमा जलनका घटना हुन्छन्।

आगोको जलन, ग्यास लिक भएर हुने जलन, एसिडको जलन, सामान्यमा तेल पड्किने, दाल पोखिने, चिया पोखिने, दूध पोखिने, तातो चिज उछिटिनेदेखि कुँडो पकाएको भाँडामा खस्ने, तातो चिजहरूमा पर्ने र विद्युतीय जलन मुख्यतयाः सबैभन्दा आम रूपमा हुने जलन हुन्। 

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार पछिल्लो वर्ष मात्रै देशभर सामान्य र गम्भीर गरि ७६ हजारभन्दा बढी मानिस जलनको घटनाको शिकार भएका छन्। तर, बर्सेनी १५ सयभन्दा कम बिरामी मात्रै उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

नेपालमा जम्मा १३ जना प्लाष्टिक सर्जन
जलनको उपचार गर्ने प्लास्टिक सर्जन जम्मा १३ जना मात्रै नेपालमा दर्ता छन्। नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार हालसम्म १० पुरुष र ३ महिला चिकित्सक गरी १३ जना प्लास्टिक सर्जन दर्ता छन्। 

'हालसम्म दर्ता भएका यत्ति नै हुन्, कसैले दर्ता नगरेको हुन सक्छ या त दर्ता भएकैहरूमध्ये पनि कोही नेपालमा नहुन पनि सक्छन्,' काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी भन्छन्।

नेपालमा जलनको मात्र उपचार हुने छुट्टै अस्पताल छैन। ठूला सरकारी अस्पताल र केही सामुदायिक र निजी अस्पतालमा जलनको उपचारका लागि छुट्टै वार्डहरू भने सञ्चालनमा छन्। यस्तै सरकारले एसिडको जलनको उपचारका लागि त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर अस्पताल, पाटन अस्पताल र वीर गरी चारवटा अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ। यी अस्पतालमा अन्य जलनको उपचार पनि हुन्छ। 

स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार देशभित्रका जुनसुकै पालिकामा एसिड एट्याक परेपनि पीडितले यी अस्पतालमा आएर नि:शुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन्। 

कीर्तिपुर अस्पतालमा हरेक वर्ष ६ देखि ७ सय हाराहारीमा सबैखाले जलनका बिरामी उपचारका लागि आउने अस्पतालका बर्न, प्लास्टिक तथा रिकन्ट्रक्टिभ सर्जरी विभाग प्रमुख डा किरण नकर्मीले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

‘कीर्तिपुर अस्पतालमा आउने बिरामीमध्ये सबैभन्दा बढी आगोले पोलेर आउने ६० प्रतिशत, तातो झोलले पोलेर २२ प्रतिशत, विद्युतीय जलन १३ प्रतिशत र बाँकी अन्य खालका जलन छन्,’ उनी भन्छन्। त्यस्तै त्रिवि शिक्षण अस्पतालमा वर्सेनी २ देखि ३ सय बिरामीहरू आईपुग्ने डा जयनमान श्रेष्ठ बताउँछन्।

पाटन अस्पतालले यही वर्षबाट मात्रै जलन वार्ड सञ्चालन गरेको छ भने वीर अस्पताल अबको तीन महिनाभित्र मात्रै वार्ड सञ्चालनमा ल्याउने जनाएको छ। २०७२ सालको भूकम्प अगाडि वीर अस्पतालमा जलनको छुट्टै वार्ड थियो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन डा पियुष दाहालका अनुसार उक्त समयमा जटिल किसिमका करिब ३ सय र साधारण ओपीडीमा हेर्ने बिरामी गर्दा बर्सेनी एक हजार आसपास जलनका बिरामी आउने गरेका थिए।

त्यस्तै गैरसरकारी सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि जलनको उपचार हुन्छ। अस्पतालका अनुसार हरेक वर्ष करिब ३ सय बिरामी जलनको घटना लिएर अस्पताल आइपुग्छन्।

प्लास्टिक सर्जरी पढ्नै खोज्दैनन् विधार्थीहरू
नेपालमा प्लास्टिक सर्जरी पढ्न विधार्थीको रुची नै नदेखिएको डा दाहाल बताउँछन्। उनका नेपालमा सन् २०१२ बाट मात्रै यो विषयमा पढाइ सुरु भएको हो। नेपालमा अरु विषयजस्तो प्लास्टिक सर्जरी पढ्नलाई विधार्थीको रुचि कम नै देखिएको छ। 

'यसमा खटाई बढी छ, काम गर्नुपर्ने धेरै छ, चोटपटक लागेर अंगभंग भएका र जलेका बिरामीहरू हेर्नुपर्ने हुन्छ,' उनी भन्छन् 'पढिसकेपछि कहाँ काम गर्न जाने भन्ने अन्योलता पनि छ। यो सेवा दिने स्पेसलाइज्ड अस्पतालहरू छैनन्। यो सर्जरी पढेका यति व्यक्ति यो अस्पतालले फुलटाइम राख्नु पर्छ भन्ने खाले नियमन गरेको देखिँदैन। सरकारी स्तरमा हेर्ने हो भने ट्रमा सेन्टरमा दुई जना, वीर अस्पतालमा तीन जना गरेर प्लास्टिक सर्जनको दरबन्दी नै जम्मा ५ जनाको छ।'

प्लास्टिक सर्जनहरूको दरबन्दी विकासमा कसैले पनि ध्यान नदिएको उनको गुनासो छ। कहिलेकाहीँ घटना हुँदा कुरा उठ्ने र त्यसपछि फेरी यो कुरै बिर्सिने उनले बताए। 

अर्कोतिर प्लास्टिक सर्जरीमा देशभर विद्यार्थी भर्नाको ५ सिट मात्रै छ। चिकित्सा शिक्षा आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई ३ जना र त्रिवी शिक्षण अस्पताल महाराजगन्जमा २ जना गरेर देशभर जम्मा ५ जना प्लास्टिक सर्जनको सिट खुलाएको हुन्छ। त्यसमा पनि गत वर्ष पाँच वटा नै सिट खाली थियो। यस वर्ष भने महाराजगन्जमा २ जना र  प्रतिष्ठानमा १ जनाले प्लास्टिक सर्जरी पढीरहेका डा दाहालले जानकारी दिए।

पढिसकेपछि कहाँ काम गर्ने भन्ने अनिश्चितताले गर्दा पनि विधार्थीहरूको रुचि कम भएको हुनसक्ने दाहाल बताउँछन्। उक्त समस्या समाधान गर्न पढ्नेहरूलाई पनि पढिसकेपछि जागिरको सुनिश्चितता हुनुपर्ने, विधार्थीको विकासको कुरामा निश्चितता हुनुपर्नेमा उनी जोड दिन्छन्।

अस्पताल जति सबै काठमाडौंमै मात्र
एकातिर प्लास्टिक सर्जनको सङ्ख्या कम छ भने अर्कोतिर जलन (एसिड)को लागि लागि छुट्याइएका पाँच वटै अस्पताल काठमाडौंमा छन्। कीर्तिपुर अस्पतालको गत वर्षको तथ्यांक हेर्दा अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ प्रतिशत बिरामीहरू काठमाडौं बाहिरबाट आएका छन्। जलनको उपचार महँगो हुने हुनाले आर्थिक अवस्था कमजोर भएकाहरू बाहिरबाट आउन सक्दैनन्।

डा नकर्मी भन्छन्,‘काठमाडौं बाहिर जम्मा ३ या ४ जना मात्रै प्लास्टिक सर्जन हुनुहुन्छ। त्यही पनि जलनको केयर गर्न ठूलो टिम चाहिन्छ। कतिपय ठाउँमा जलनको लागि बेड छुट्याए पनि चाहे जस्तो उपचार हुन सकेको छैन।’

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारी भने देशभरिका सबै ठूला सरकारी अस्पतालमा बर्न वार्ड सञ्चालन भइरहेको बताउँछन्।

तत्कालै देशका सबै ठाउँमा बर्न अस्पताल बनाउन असम्भव रहेकाले जलन पुनर्जलीय उपचार केन्द्र स्थापना गर्नुपर्ने डा नकर्मी बताउँछन्। उनले भने, 'नजिक–नजिक जहाँ बस्ती छन्, त्यहाँ २/४ घण्टाको दूरीमा जलन पुनर्जलीय उपचार केन्द्र स्थापना गर्न सकिन्छ। जलेका बिरामीलाई जलनका अस्पताल पुर्‍याउनुभन्दा अघि त्यस्ता केन्द्रहरूमा राखेर प्राथमिक उपचार गर्न सकियो भने मृत्युदर निकै कम हुन्छ।’

जलनको लागि कस्तो किसिमको सेवा चाहिन्छ सम्बन्धित विज्ञहरूको सल्लाह लिएर त्यसै अनुसारको भौतिक पूर्वाधार निर्माण हुनुपर्ने डा दाहाल बताउँछन्। सेवा सञ्चालन गर्नका लागि कति जनशक्ति चाहिन्छ भन्ने कुरालाई ध्यानमा राखेर त्यही अनुसारको दरबन्दी सिर्जना हुनुपर्नेमा उनले जोड दिए।

'यसको छुट्टै अस्पताल बनाउने नेपाल जस्तो देशमा गाह्रो छ। जलनको उपचारमा प्लास्टिक सर्जनले मात्रै उपचार गरेर हुँदैन्। यसको लागि क्रिटिकल केयरको फिजिसियन, एनेस्थेसिया, फिजियोथेरापी, क्लिनिकल साइकोलोजीस्ट लगायतका जनशक्तिहरू उपलब्ध गराउन सकिने ठाउँमा सोचेअनुसार जलनको सेवा उपलब्ध गराउन सक्छौं' उनी भन्छन्, 'हामीलाई अहिले चाहेको भनेको प्रत्येक प्रदेशमा एउटा अस्पताल र एकजना विज्ञ हुन् भन्ने हो। सात वटा प्रदेशमा एकएक जना राख्ने हो भने सात जना चाहियो, दुई जना राख्ने हो भने थप १४ जना चाहियो। सेवालाई निरन्तरता दिन प्रभाकारी रुपमा काम गर्न कम्तिमा १४ जना जनशक्ति चाहियो,' उनले भने। 

प्राथमिक उपचार महत्त्वपूर्ण
त्रिवि शिक्षण अस्पतालमा कार्यरत प्लास्टिक सर्जन डा जयनमान श्रेष्ठ जलनमा प्राथमिक उपचार एकदमै जरुरी भएको बताउँछन्। ‘धेरैलाई थाहा छैन, जलनको प्राथमिक उपचार घरमै पनि गर्न सकिन्छ। जलेको ठाउँमा आधा घण्टा निरन्तर पानी हाल्नाले जलेको ठाउँलाई गहिरो हुन दिँदैन,’ उनी थप्छन्, ‘घाउ गहिरो भयो भने मरेको छाला फालेर अर्को ठाउँको छाला निकालेर राख्नुपर्छ। जसले गर्दा अर्को ठाउँमा घाउ हुन्छ र खर्च पनि बढ्छ।’

बिरामीमा १५ प्रतिशतभन्दा बढी जलन फैलियो भने पुनर्जलीय उपचार गरिहाल्नुपर्ने चिकित्सकहरू बताउँछन्। त्यसकारण पनि देशका विभिन्न ठाउँमा पुनर्जलीय उपचार केन्द्र स्थापना गर्नुपर्ने चिकित्सकहरूको भनाइ छ।

जलनपश्चात् के गर्ने, के नगर्ने?
डा नकर्मीका अनुसार सामान्य जलनमा पहिले सबै गहना र लुगा खोल्नुपर्ने हुन्छ। त्यसपछि पोलेको भागलाई आधा घण्टा बगिरहेको पानीले चिस्याउनुपर्छ र घाउमा एन्टिसेप्टिक मल्हमा लगाउन सकिन्छ। घाउमा जे पायो त्यही लगाउनाले हानि गर्न सक्ने उनी बताउँछन्।

‘हाम्रो समाजमा दन्त मन्जन, काटेको आलु, गोलभेँडा, काँक्रो, बेसार, नुन, नौनी, बरफ आदि लगाउने चलन छ, जुन राम्रो हैन। सामान्य जलनका घाउहरू प्रायः हप्ता–दस दिनमा ठिक हुन्छन्। ठीक नभई धेरै पानी आउने, गन्हाउने, बढी दुख्ने, ज्वरो आउने भएमा तुरुन्तै अस्पताल जानुपर्छ,’ उनले भने।

जलनका बिरामी अस्पताल आइपुग्ने बित्तिकै द्रुत सर्वेक्षण गरेर घाइतेको ज्यानमा तत्काल खतरा भए–नभएको यकिन गरिने नकर्मीले बताए। खतराको अवस्था नभए बिरामीको पुनर्जलीय उपचार सुरु गरिन्छ। जलनका घाइतेको जिउभित्र र बाहिर पनि धेरै पानी र लवणको नास हुने हुँदा गरिने परिपूर्तिलाई नै पुनर्जलीय उपचार भनिन्छ। 

घाइतेको वजन र डढेको घाउको आधारमा पहिलो २४ घण्टा भित्र दिइने स्लाइन वा जीवनजल पानी नै पुनर्जलीय उपचार हो। नकर्मी भन्छन्, ‘त्यसपछि जलनको गम्भीरता अनुसार आइसियु वा वार्डमा राखेर उपचार गरिन्छ। घाउ गहिरो भए डढेलो छाला निकालेर छाला प्रत्यारोपण गर्नुपर्छ।’

जनचेतना बढाउन आवश्यक
जलनका घटना कम गर्न जनचेतना बढाउनु पर्ने सकिने चिकित्सकहरू बताउछन्। डा श्रेष्ठ जलनका घटना कम गर्न के कारणले जलन हुन्छ, त्यसैमा ध्यान दिन जरुरी भएको बताउँछन्। ‘सकेसम्म बच्चा र बुढाबूढीलाई आगोको नजिक एक्लै नछोड्ने, भान्सामा खाना पकाएपछि ग्यास राम्रोसँग बन्द गर्ने, पछाडि फर्किएर आगो नताप्ने गर्नुपर्छ,’ उनी थप्छन्, ‘पकाउने ठाउँ अग्लो राख्नुपर्छ, जसले गर्दा बच्चाहरू तातोको पहुँचमा पुग्न सक्दैनन्। खाना पकाइसकेपछि तुरुन्त आगो निभाउने, बच्चालाई बोकेर नपकाउने, पकाउने क्रममा कपाल खुला नछाड्ने, बढी प्रज्वलनशील कपडाहरू नलगाउने गर्नुपर्छ।’

डा नकर्मी जलनको विषयमा अझै धेरै सचेतना फैलाउनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘सकेसम्म जलनको घटना हुन दिनु हुँदैन। त्यसका लागि सचेतनाका कार्यक्रमहरू हुनुपर्छ। जलनको लागि धेरै ठाउँमा अस्पताल बनाउनुपर्छ जुन तत्काल सम्भव नहोला। अस्पताल मात्रै बनाएर हुँदैन, जनशक्ति नै पनि छैन। दुर्घटनावश हुने जलनका घटनापछि मृत्युदर कम गर्नलाई अहिलेको लागि काठमाडौंमा मात्रै भए पनि जलनको लागि एउटा राम्रो अस्पताल बनाउनुपर्छ। त्यसमा जनशक्ति, स्रोत–साधन, सबै उपलब्ध हुनुपर्छ।’

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अन्शु खनाल
लेखकबाट थप
कलिलो उमेरमै आमा बन्दै किशोरी
नाटक र कविताले बदलेको अनुपको बाटो
काठमाडौं महानगरका स्कुलमा किन खरिद हुन सकेन स्यानिटरी प्याड?
सम्बन्धित सामग्री
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उद्देश्यले आयोजित ‘सुनिश्चित भविष्य छात्... सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी प्रभावित क्षेत्रको अनुगमनपछि मानव अधिकार आयोगले औंल्यायो त्रुटि नै त्रुटि आयोगका सदस्य डा. लिली थापाको नेतृत्वमा गएको उच्चस्तरीय टोलीले गरेको अनुगमनका क्रममा प्रभावित क्षेत्रमा खानेपानी, विद्युत् र स्वास्थ्... सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको भोटेकोशी बाढी तथा खोज तथा उद्धार कार्यसम्बन्धी पत्रकार सम्मे... सोमबार, भदौ २२, २०८३
ताजा समाचारसबै
आफैंलाई साढे ३ करोड क्षति हुँदा पनि वर्ल्डलिंकले बाढीपीडितलाई १ करोड १ लाख दियो सोमबार, भदौ २२, २०८३
चार अर्ब डलर बढीको टेलिस्कोप ‘रोमन’, जसले डार्क इनर्जी र डार्क म्याटरको प्रभाव पत्ता लगाउनेछ सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा सोमबार, भदौ २२, २०८३
एनपीएलको मिडिया र टिकेटिङ अधिकार ३३ करोडभन्दा बढीमा बिक्री सोमबार, भदौ २२, २०८३
रसुवा जाने वैकल्पिक सडक सञ्चालनमा, ठूला सवारी दुईतर्फी चल्ने सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्