धनगढी– कैलालीको बल्मीमा हायस (माइक्रो बस)को ठक्करबाट १ जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका – ९ बल्मीमा माइक्रो बसले ठक्कर दिँदा स्थानीय केहुँराम चौधरीको मृत्यु भएको हो।
बिहीबार बिहान धनगढीबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
दुर्घटनामा चौधरीको मृत्यु भएपछि स्थानीयले अहिले बल्मी क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।