इस्तानबुल- एम्नेस्टी इन्टरनेशनलका टर्की प्रमुखसहित १० जना अधिकारकर्मीले आतङ्ककारीलाई सघाएको आरोप लागेको छ। टर्कीका दण्डाधिकारी (अभियोजक) ले यस्तो आरोप लगाएका हुन्।
टर्कीको अनादोलु न्युज एजेन्सीले अभियोजकहरूलाई उद्धृत गर्दै ११ जना मानव अधिकारकर्मीमाथिको अनुसन्धान पूरा भएको तर सुनुवाइ भने हुन बाँकी रहेको जनाएको छ।
उनीहरूलाई गत जुलाईमा इस्तानबुलको एक कार्यक्रमस्थलबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो। रासस/एपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।