बेइजिङ- चीन प्रशासनले अत्यधिक खोजी सूचीमा राखेको गुआओ जिन स्वदेश फर्किएर प्रहरीको भेष धारण गरी हिँडिरहेको चिनियाँ भ्रष्टाचार नियन्त्रण अधिकारीले बताएका छन्।
चीनको दक्षिणपश्चिम क्षेत्रमा रहेको युनान विश्वविद्यालयका पूर्व सह–प्राध्यापक गुआओले घुस लिई संयुक्त राज्य अमेरिकामा सन् २०१० देखि बस्दै आएका थिए। हालै स्वदेश आई प्रहरीको भेषमा हिँड्ने गरेको पाइएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन क्रियान्वयन आयोगले जारी गरेको विज्ञप्तिमा जनाएको छ।
उनी र अन्य एक सय पूर्व सरकारी अधिकारीलाई भ्रष्टचार आरोपमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) ले सन् २०१५ मा अत्यधिक खोजीको सूचीमा समावेश गरेको थियो। खोजीको सूचीमा रहेका मध्ये धेरैजसो पूर्व सरकारी अधिकारी तथा सरकारद्वारा लगानी गरेका संस्थानका कर्मचारी रहेका छन्।
गुआओ सूचीको २७ नम्बरमा रहेका आरोपित हुन् भने उनी स्वदेश फर्केका ४७ औँ व्यक्ति हुन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।