• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष
सुकुटे बिचद्वारा सरकारी जग्गा कब्जा

स्थानीयको उजुरी अलपत्र पारेर देखावटी अनुगमनमा सरकारी संयन्त्र, वन कार्यालयका प्रमुख भन्छन‍्- अध्ययनमै छौं

64x64
नेपाल लाइभ बुधबार, फागुन १०, २०७९  ०७:५७
1140x725

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको सुकुटे क्षेत्रको सरकारी जग्गा कब्जा गरी सरकारी निकायकै मिलमतोमा व्यवसायीले ३० वर्षदेखि सुकुटे बिच रिसोर्ट चलाइरहेको समाचार सार्वजनिक भएपछि जिल्ला वन कार्यालयका कर्मचारी अनुगमनमा पुगे। सुकुटे, चेहेरे लगायत तातोपानी नाकासम्मका रिसोर्टहरु अनुगमन गर्ने भनी निस्केका वन कार्यालयका कर्मचारीहरु विवादित सुकुटे बिच रिसोर्ट नछिरी अन्य रिसोर्टहरुमा लालपुर्जा माग्दै पुगेका थिए।

करिब ३५ रोपनी जग्गामा फैलिएको  सुकुटे बिच रिसोर्टले ५ रोपनी मात्र आफ्नो जग्गा उपभोग गरेको थियो भने ३० रोपनी सरकारी जग्गा भोगचलन गर्दै आएको नेपाल लाइभले खुलासा गरेको थियो। 

स्थानीयहरुको घाट र खोलाको बगर समेत कब्जा गरेर रिसोर्टले आम्दानी गर्दै आएको थियो। घाट प्रयोग गरेवापत स्थानीयलाई न्यून रकम र विद्यालयलाई सहयोग गरेको देखाएर सञ्चालक महेन्द्रसिंह थापाले उक्त जग्गा  चलाएका थिए।

माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  समयसमय उक्त रिसोर्टमा उपस्थित भएको आधार देखाउँदै थापाले उक्त जग्गा कब्जा गरेपछि केही स्थानीयले जिल्ला प्रशासन कार्यालय, वन कार्यालय, नगरपालिका र वडामा उजुरी गरेका थिए।

२०७९ वैशाख ११ गते ३५ जना स्थानीयले लिखित रुपमा रिसोर्टले प्रयोग गरेको सार्वजनिक जग्गा छानविन हुनुपर्ने, घाट प्रयोग गर्न पाउनुपर्ने उजुरी गरेका थिए। उजुरीपछि उक्त रिसोर्टले मृत्यु भएका परिवारलाई जनही १० हजार दिने र विद्यालय सञ्चालनमा सहयोग गर्ने भनेको तर नगरेको उनीहरुको दावी थियो।

325043611_734334338212384_1794879959120387636_n16742016741676869843.jpg

स्थानीयको उजुरीपछि जिल्ला प्रशाासन कार्यालयले अध्ययनका लागि टोली पनि पठाएको थियो। अध्ययनमा उक्त रिसोर्टले वन, सडक विभागको जग्गा र घाटको जग्गा प्रयोग गरेको ठहर गर्दै  जग्गा खाली गराउनुपर्ने प्रतिवेदन पनि दिएको थियो। तर सञ्चालक थापाले राजनीतिक पहुँच देखाएर उक्त प्रतिवेदन कार्यान्वयन गर्न दिएनन्। साथै स्थानीय जनताको उजुरी पनि तामेलीमा राखियो। 

वन कार्यालयको देखावटी अनुगमन, प्रमुख भन्छन्- अध्ययन हुँदैछ 
नेपाल लाइभले २०७९ माघमा रिसोर्टको अवैध जग्गाबारे समाचार प्रकाशित गरेपछि जिल्ला वन कार्यालयले पुन: अनुगमनका लागि पठाएको थियो। सार्वजनिक सञ्चार माध्यममा आएको समाचार र उक्त क्षेत्रको वस्तुस्थिति अध्ययन गरी प्रतिवेदन पेस गर्न भनी जिल्ला वन कार्यालयले सव-डिभिजन वन कार्यालयका एक अधिकृतलाई जिम्मेवारी दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

जिल्ला वन कार्यालय सिन्धुपाल्चोकका प्रमुख पदम नेपालले एउटा मात्र रिसोर्टको नभई अन्यले पनि सरकारी जग्गामा होटल चलाएको उजुरी आएकाले समग्रमा उक्त क्षेत्रको अध्ययन गर्न अधिकृत श्रद्धा अर्याललाई जिम्मेवारी दिइएको बताए। ‘छानविन चलिरहेको छ। चिठी लेखिएको छ। अधिकृतलाई मैले पनि पत्र लेखेको छु,’ नेपालले भने, ‘सम्वन्धित होटलहरुलाई आफ्नो भनाइ राख्नु भनी पत्र लेखेको छु। कहिलेसम्म रिपोर्ट पेस गर्ने समय तोकिएको छैन। अब छिट्टै प्रतिवेदन आउने जानकारी पाएको छु।’ 

स्थानीय तहहरुसँग समन्वय गरेर अध्ययन गर्न भनेकाले यसमा रिसोर्ट सञ्चालकहरुको पनि कुरा सुनेर दीर्घकालीन समाधान खोज्ने पक्षमा र वनको जग्गा कब्जा गर्न नदिने पक्षमा आफू पनि रहेको उनले बताए। ‘अब केही दिनमा प्रतिवेदन आउँला,’ उनले भने, ‘त्यसपछि हामी कसरी अघि बढ्ने निर्णय गर्छौं। मिचिएको जग्गा खाली नगरे एक्सन लिन पनि हामी पछि हट्दैनौं।’ तर एक्सन लिने भनेर अहिले नै डोजर लगाउनेभन्दा उक्त क्षेत्रका सबै रिसोर्टहरुको यकिन गरेर अघि बढ्ने पक्षमा आफूहरु रहेको उनले बताए। 

उक्त रिसोर्टमा अनुगमनका लागि पुगेका वनका कर्मचारीहरु सुकुटे रिर्सोट सञ्चालकहरुसँग जग्गाधनी पुर्जा माग गर्नेदेखि सामूहिक छलफल गर्न सक्रिय भएको तर त्यो देखावटी हुने हो कि भन्ने आफूहरुको चिन्ता रहेको एक रिसोर्ट सञ्चालकले बताए। ‘आफूहरुको एक मात्र माग भनेको पुर्जा भएका वैधानिक रिसोर्टहरु सञ्चालन हुनुपर्ने र नीति-नियम सबैले मानेर व्यवसाय गर्नु पर्छ,’ ती सञ्चालकले भने, ‘कसैले भने सरकारी जग्गा सित्तैमा प्रयोग गर्ने अनि कसैले नपाउने हुँदैन।’

321077764_538486315007651_7849028021332490568_n16742016761676869842.jpg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उक्त रिसोर्टको जग्गा पर्ने चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सार्वजनिक सञ्चार माध्यममा उक्त क्षेत्रमा सरकारी जग्गा मिचेर व्यवसाय गरेको कुरा आएपछि आफूहरुको ध्यानाकर्षण भएको  र वन कार्यालयसँग अध्ययनका लागि अनुरोध गरेको बताए। ‘वन कार्यालयले अध्ययन गरिरहेको जानकारी नगरपालिकाले पाएको छ। वनको अध्ययन प्रतिवेदन आएपछि हामी अघि बढ्छौं,’ उनले भने, ‘विगतमा स्थानीयको राजिखुसीमा चलाएको भनेकाले नगरले ध्यान नदिएको हो। अब हामी यसलाई दीर्घकालीन किनारा गर्ने पक्षमा छौं।’ 

स्थानीयहरुले केही दिनभित्र रिसोर्ट खाली नगराए आफूहरु आन्दोलनमा उत्रने अनि आफ्नो घाट खुला गराउने चेतावनी दिएका छन्। आफूहरुको घाट कब्जा गरेको कुरा लिखित रुपमा उजुरी गर्दा समेत प्रशासनले प्रभावमा परेर कारबाही नगरेकाले बाध्य भएर आन्दोलनमै उत्रन लागेको एक स्थानीयले बताए। पुर्खाहरुले प्रयोग गरेको घाट १० हजार रुपैयाँ दिएकै भरमा चलाउन नपाउने एक स्थानीयले बताए। 

जिससमै हरायो छानविन प्रतिवेदन 
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले २०७९ जेठ २ गते यथार्थ विवरण पठाउने सम्वन्धमा पत्र लेखेको थियो। उक्त पत्र लेखेपछि एउटा प्रतिवेदन तयार गरेको थियो। सिन्धुपाल्चोकका पूर्व प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले अध्ययन प्रतिवेदन जिससमा रहेको र त्यसमाथि थप अध्ययन गरेर समाधान गर्ने बताएका थिए। उनी सरुवा भएपछि नयाँ सिडिओको रुपमा रमेश न्यौपाने आएका छन्।

sukuteeeee16742016761676869843.jpg

‘चौतारा सँगाचोकगढी नगरपालिका वडा नं ९ का व्यक्तिहरुले सोही वडामा पर्ने सुकुटे बिच क्याम्प एड्भेञ्चर रिसोर्टले आफ्नो नाममा रहेको जग्गा बाहेक रिसोर्ट वरिपरि रहेको अन्दाजी ३५/४० रोपनी वन, सार्वजनिक जमिन र भोटेकोसी नदी किनार अनधिकृत रुपमा हडपी विगत २५ वर्षदेखि निजी व्यवसाय सञ्चालन गर्दै आएकोले कानुन विपरीत अतिक्रमण रोकथाम तथा सार्वजनिक सम्पत्तिको संरक्षण गरिपाउन संयुक्त निवेदन दिनुभएकोले वास्तविकता के भएको हो?,’ पत्रमा भनिएको थियो, ‘रिसोर्टले चर्चेको जग्गा सार्वजनिक हो कि निजी हो? स्थलगत अध्ययन गरी पछिसम्म फरक नपर्ने गरी ७ (सात) दिनभित्र यस कार्यालयमा यथार्थ विवरण पेस गर्नुहुन अनुरोध छ।’ 

उक्त पत्रपछि वन कार्यालयले प्रतिवेदन पेस गरेको थियो। वन कार्यालयले उक्त क्षेत्रमा अन्य रिसोर्टहरुको पनि यो साझा समस्या रहेको भन्दै समग्रमा सबै अध्ययन गरेर  टुङ्गोमा पुग्नुपर्ने भनेको थियो।

प्रधानमन्त्री प्रचण्ड ‘रिफ्रेस’ हुन जाने सुकुटे बिच रिसोर्ट : ३० रोपनी सरकारी जग्गा कब्जा गरेर रजाइँ

प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०७:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्