• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २४, २०८३ Tue, Nov 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कांग्रेससँग संघीय फोरम र राजपाको माग : प्रदेश सभामा १३५ सिटसहित २ मुख्यमन्त्री

64x64
नेपाल लाइभ आइतबार, असोज २२, २०७४  २१:०९
1140x725

काठमाडौं – संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेपाली कांग्रेससँग प्रदेश सभामा १३५ सिटसहित २ प्रदेशमा मुख्यमन्त्री दाबी गरेका छन्।

संयुक्त रुपमा चुनावमा जाने निर्णय गरेका यी दुई दललाई कांग्रेसले मिलेर जान आग्रह गरेपछि उनीहरुले यस्तो दाबी पेश गरेका हुन् । यसका साथै यी दुई दलले प्रतिनिधि सभा निर्वाचनमा ५५ सिटको दाबी पेश गरेका छन्।

‘प्रदेश सभामा १२०–१२५ सिट त हामी दुई दल मिलेर नै जित्छौं, २ वटा प्रदेशको मुख्यमन्त्री पनि हाम्रो सुनिश्चित जस्तै छ । त्यसैले हाम्रो दाबी अस्वाभाविक होइन’, राजपा अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतोले भने । त्यसैगरी प्रतिनिधि सभामा पनि दुई दल मिलेर नै ४५ सिट जित्ने उनले दाबी गरे।

त्यसो भए केही थोरै सिटका लागि कांग्रेससँग किन मोलमोलाइ गर्नुभएको त ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘उत्तरी भू–भाग बढी मिसिएको राजमार्ग क्षेत्रका केही सिट सुनिश्चित गर्न मात्र हामीले कांग्रेससँग पनि सहकार्य गर्न खोजेका हौं । हामीसँग मिल्नु कांग्रेसकै हितमा छ।’

एमाले र माओवादी केन्द्रको पहलमा बृहत् वामपन्थी एकताको घोषणा भएलगत्तै यी दुई दलले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहकार्य गर्ने सहमति गरेका थिए । वामपन्थी एकताको घोषणासँगै कांग्रेसले पनि बृहत् लोकतान्त्रिक गठबन्धनको प्रयास थालेपछि त्यसमा यी दुई मधेस केन्द्रित दलसँग सहकार्यको प्रस्ताव अघि सारेको थियो।  

‘हामी दुई दल अब एक ढिक्का भएर अघि बढ्छौं । लोकतान्त्रिक गठबन्धनका लागि हामी तयार छौं, तर गए सँगै जान्छौं, नगए जान्नौं’, महतोले भने । यी दुई दलले कुनै पनि गठबन्धनमा एक्लै सहभागी नहुने प्रतिबद्धता समेत जनाएका छन् । आफूहरुलाई फुटाएर भए पनि लैजाने प्रयासप्रति चनाखो रहेको महतोले बताए।

प्रधानमन्त्री निवास बालुटारमा आइतबार बसेको लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठकमा यी दलले आफ्नो दाबी पेश गरेपछि कांग्रेसले आन्तरिक छलफल गरी निर्णय दिने बताएको छ । कांग्रेसले शीर्ष तहमा छलफल गरेपछि मात्र निर्णय दिन सकिने बताएपछि वार्ता बिना निष्कर्ष टुंगिएको छ।

‘शीर्ष तहमा छलफलपछि पुनः सोमबार बस्ने गरी आजको कार्यदलको बैठक टुंगिएको छ । छलफल सकारात्मक छ, तर सोमबारसम्म कुनै निष्कर्षमा पुगिएला’, मधेस केन्द्रित दलसहितको लोकतान्त्रिक गठबन्धन निर्माणका सूत्रधार कांग्रेस नेता विमलेन्द्र निधिले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १ सय ६५ सिटमध्ये यी दुई दलले ५५ सिट दाबी गरेका हुन् । प्रदेश सभाको सिट र मुख्यमन्त्रीमा कांग्रेस सहमत भए यी दुई दल ५० सिटमा सहमति गर्न तयार छन् । त्यसबाट २ दलले २५–२५ सिट भाग लगाउनेछन्।

त्यसैगरी प्रदेश सभाको प्रत्यक्षतर्फको ३ सय ३० मध्ये संघीय फोरम र राजपाले  १ सय ३५ सिट दाबी गरेका छन् । प्रदेश सभामा पनि १ सय २० सिट दिए सहमति जुट्ने कार्यदलका राजपातर्फका एक सदस्यले जानकारी दिए। 

‘तर २ मुख्यमन्त्रीको दाबी हाम्रो बटमलाईन हुनेछ, त्यसमा कुनै सम्झौता हुँदैन,’ ती नेताले भने । 

फोरम र राजपाले आफूहरुबीच एक–एक बाँड्ने गरी प्रदेश–२ र प्रदेश ५ को मुख्यमन्त्रीमा दाबी गरेका छन्।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मूल विषय नमिलिसकेकाले चुनाव चिह्न र समानुपातिक प्रतिनिधित्वबारे कार्यदलको बैठकमा सामान्य छलफल मात्र भयो । फोरम र राजपाबीच चुनावी तालमेलमा कुरा मिले सरकारबाट माओवादी केन्द्रलाई हटाएर यी दुई दललाई समेटेर चुनावमा जाने प्रस्ताव समेत कांग्रेसले अघि सारेको छ। 

यी दुई दलको सहभागिता बिना बहुमत नपुग्ने भएकाले कांग्रेसले विपक्षीसँग तालमेल गरिसके पनि माओवादीलाई तत्काल सरकारबाट नहटाएको हो । राजपा नेता तथा कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लाले कांग्रेससँग विविध विषयमा कुरा भए पनि टुंगोमा पुगिनसकेको बताए।

‘हामीले आफ्ना प्रस्ताव राखेका छौं, उहाँहरुले शीर्ष तहमा छलफल गरेर जानकारी गराउने भन्नुभएको छ’, उनले भने।

प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  २१:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको लुसीफर र कुटुमा कुटु सुपारी दाना बोलको गीतमा नाचेको फोटो भाइरल सोमबार, कात्तिक २३, २०८३
नेपाललाई लक्षित गरेर सञ्चालित भारतको बनगाउँ बजारमा भीषण आगलागी, धनगढीबाट दमकल पठाएर नियन्त्रण सोमबार, कात्तिक २३, २०८३
चितवनलाई हराउँदै काठमाडौं शीर्षस्थानमा, लगातार चौथो जितसँगै प्लेअफ नजिक सोमबार, कात्तिक २३, २०८३
नवनियुक्त भारतीय राजदूतले किन भेटे उद्योगमन्त्री साहलाई ? सोमबार, कात्तिक २३, २०८३
अब २४ घण्टै देउसी–भैलो खेल्न पाइने, गृह मन्त्रालयले जारी गर्‍यो सातबुँदे निर्देशन सोमबार, कात्तिक २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
देवकोटा : नेपाली साहित्यका मिथक आइतबार, कात्तिक २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन राजेश कुमार कर्ण
सबै हेर्नुहोस
ब्लग
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
त्रासबीच बसेकाे नेपाल सरकारका सचिवहरूकाे बैठकका सात निर्णय (निर्णयसहित) सोमबार, कात्तिक १६, २०८३
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
मन्त्रिपरिषद् बैठकले ग-यो छ निर्णय (निर्णयसहित) मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्