काठमाडौं– काठमाडौंको बालाजु माछापोखरी क्षेत्र तनावग्रस्त बनेको छ। यातायात मजदुर र प्रहरीबीच झडप भएपछि सो क्षेत्र तनावग्रस्त बनेको हो।
५ पटक कारबाही भोगेपछि लाइसेन्स निलम्बन गर्न थालिएको लगायत अन्य ट्राफिक नियमको विरोधमा यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए। सो क्रममा प्रहरी र यातायात मजदुरबीच झडप भएको थियो।
यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले बताए।
झडपका क्रममा केही प्रहरी र आन्दोनकारी घाइते भएका बताइएको छ। सो क्षेत्रमा अहिले ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।