काठमाडौं- उपचारको माग गर्दै बिरामीका आफन्तले वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन्। चिकित्सकको आन्दोलनका कारण उपचार सेवा ठप्प भएपछि बिरामीका आफन्तले प्रदर्शन गरेका हुन्।
शुक्रबार राष्ट्रपतिको सवारीका बेला सडकमै चिकित्सक कुटिएपछि त्यसको डाक्टरहरुले वीर लगायत विभिन्न अस्पतालमा आइतबार आकस्मिक बाहेकका सेवा ठप्प पारेका। त्यसैको विरोधमा बिरामी र उनीहरूका आफन्त प्रदर्शनमा उत्रिएका हुन्।
उपचारका लागि टाढाटाढाबाट आएका बिरामी र उनीहरुका आफन्तले अहिले वीर अस्पताल बाहिर नाराबाजी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।