काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सांसहरूका लागि चियापान कार्यक्रम गर्दैछिन्।
नवनिर्वाचित सांसदहरूको सम्मानमा राष्ट्रपति भण्डारीले शनिबार शीतल निवासमा चियापानको आयोजना गरेकी हुन्।
दिउँसो ३ बजेका लागि सांसदहरूलाई शीतल निवास बोलाइएको लोसपा अध्यक्ष एवं सांसद महन्थ ठाकुरले बताए।
राष्ट्रपति भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदै छ। नयाँ राष्ट्रपतिका लागि फागुन २५ गते चुनाव हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।