• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनहरूको सम्पत्ति सुरक्षा गर्न नेपाल बारले सघाउने

64x64
नेपाल लाइभ मंगलबार, माघ २४, २०७९  १६:४६
1140x725

लण्डन- एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच एउटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। जसअनुसार यूकेमा बस्ने नेपालीहरूलाई पर्ने सम्पत्ति सम्बन्धी कानुनी समस्याको प्रारम्भिक समाधान गर्न एसोसिएसनले सघाउने भएको छ। 

सोमबार बेलायतको नटिंघममा आयोजित एक समारोहमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे तथा एनआरएनए यूकेका अध्यक्ष सुनिल खड्काले उक्त समझदारीपत्र हस्ताक्षर गरेका थिए। गैरआवासीय नेपाली संघ आईसीसीका अध्यक्ष कुल आचार्यको उपस्थितिमा हस्ताक्षर गरिएको उक्त समझदारीपत्रको प्रस्तावकमा प्रा. सूर्य सुवेदी रहेका छन्। उक्त समझदारीपत्रमा साक्षीको रुपमा वरिष्ठ अधिवक्ता सुनिलकुमार पोख्रेल र डा नारायण कँडेलले हस्ताक्षर गरेका छन्।  

एनआरएनए यूकेद्वारा आयोजित ‘गैरआवासीय नेपालीहरूको सम्पत्तिको स्वामित्व, उपभोग तथा अधिकार’ विषयक एक अन्तरक्रियालाई सम्बोधन गर्दै  नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता नेपालको संविधानले नै स्वीकार गरेकाले विभिन्न कारणले  पीआर वा विदेशी नागरिकता लिएका आफ्नै नागरिकप्रति सरकार कठोर हुन नमिल्ने बताए। 

‘गैरआवासीय नेपाली  नागरिकता अब रोकिनु हुँदैन, तुरुन्तै दिनु पर्छ।  वंशजको आधारमा रहेका नेपाली नागरिकप्रति सरकार उदार हुनु पर्छ’, उनले भने।

अध्यक्ष घिमिरेले बेलायतमा बसोबास गर्ने नेपालीहरूको सम्पत्ति तथा अन्य मौलिक हक सम्बन्धमा नि:शुल्क कानुनी परामर्श दिन नेपाल बार एसोसिएसनले देशभरि आफ्ना शाखामा लिगल डेस्क गठन गरिने जनाए। उनले धरान र पोखरामा छिट्टै सचिवालय खोलेपछि यो सेवा देशभरि उपलब्ध हुने साथै नेपाल बारले एनआरएनहरूको कानुनी हकबारे प्रारम्भिक रुपमा नि:शुल्क परामर्श दिन वरिष्ठ कानुन व्यवसायीहरूको एक रोस्टर तयार गर्ने पनि जनाए।

Ncell 2
Ncell 2

एनआरएनए यूकेका उपाध्यक्ष डा नारायण कँडेलले भूतपूर्व गोर्खा लगायत विदेशमा बसोबास गरिरहेका नेपालीहरूको  सम्पत्तिको सुरक्षा गर्न  यो समझदारी  महत्त्वपूर्ण हुने बताए। प्रारम्भिक सल्लाह नि:शुल्क रुपमा पाउने र  त्यहाँ उपलब्ध गराइएका जानकारीहरू गोप्य रहने उनले बताए। 

‘रवि लामिछानेको नागरिकता सम्बन्धी विवादले संसारभरि रहेका प्रवासी नेपालीहरूलाई चिन्तित तुल्याएको छ। यो हाम्रा लागि चुनौतीको ठूलो घण्टी हो, त्यसैले यो समझदारी गरिएको हो।  उहाँहरूको चिन्ता हामी थोरै भए पनि कम गर्न चाहन्छौं’, कँडेलले भने।  
उक्त अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा सूर्य सुवेदीले नेपाल कानुन निर्माणको प्रक्रियामा अझै संक्रमणकालमै रहेको बताए। ‘एनआरएनहरूसँग रहेको सीप र श्रोत नेपालको विकासमा लगाउन एनआरएनएसँग हातेमालो गर्दै नेपाल सरकारले ठोस कानु ल्याउनु पर्छ। नागरिकता सम्बन्धी कानुन मात्रै हैन समयानुकूल अन्य धेरै कानुनहरू संशोधन गर्नु पर्छ  र यसका लागि  एनआरएनएले ठोस प्रस्ताव लग्नु पर्छ’, उनले भने।

गैरआवासीय नेपाली  संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले एनआरएनहरूलाई  गैरआवासीय नेपाली नागरिकता दिलाउने गरी नेपालको संसद्‌बाट दुई/दुई पटक पारित भएको विधेयक राष्ट्रपतिले जारि नगर्दा दु:ख लागेको बताए। नेपाली डायसपोरा बिना नेपालको विकास सम्भव नहुने उनले बताए। उनले नेपालमा जुनसुकै पार्टीको सरकार बने पनि  गैरआवासीय नेपाली नागरिकता तथा सम्पत्तिको सुरक्षा गर्न संघले लबी गरिरहेको जनाए। 

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव तथा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जुन देशको नागरिकता छ, त्यो देशको कानुन लागू हुने बताए। ‘विदेशी नागरिकता त्याग गर्नेले नेपालको कानुन फलो गर्नु पर्छ तर नागरिकता कायम नरहनेहरूले फलो गर्नु पर्दैन।  रवि लामिछानेको केस त्यही हो।  नेपालमा नागरिकता पुनर्प्राप्ति गर्न विदेशी नागरिकता छोडेको प्रमाण पेस गर्नु पर्छ’, पोखरेलले भने। 

भारतसँगको खुला सिमानाको कारणले नागरिकताको विषय अलि जटिल बनेको बताउँदै वरिष्ठ अधिवक्ता पोखरेलले सार्क बाहेकका मुलुकमा बस्ने नेपालीहरूलाई नागरिकता दिने प्रावधान संविधानमै रहेको स्मरण गरे। ‘गैरआवासीय नेपाली नागरिकता ऐनबारे नेपालमा कुनै विवाद छैन। सक्नु हुन्छ भने छुट्टै पारित गराउनोस्’, उनले भने।

नेपालमा गैरआवासीय नेपाली  नागरिकता ऐन ल्याउँदा  संक्रमणकालीन अवधि उल्लेख गर्न उनले सुझाव दिए।  ‘त्यसमा भूतदर्शी प्रावधान पनि राख्न मिल्छ,’ उनले भने।  

नेपालभरि झन्डै २१,००० कानुन व्यवसायीहरू नेपाल बारका सदस्य छन्। कार्यक्रममा ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष सोलिसिटर दीपक भट्टराई लगायतले मन्तव्य राखेका थिए। सहभागीहरूका जिज्ञासाको नेपाल बारका अध्यक्ष घिमिरे तथा वरिष्ठ अधिवक्ता पोखरेलले जवाफ दिएका थिए।  

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
बालेनलाई ओलीको कटाक्ष : बतासका खेती गरिरहेका छन् शनिबार, माघ १७, २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधनको आयातमा वृद्धि शनिबार, माघ १७, २०८२
काँग्रेस महामन्त्री पौडेलले थाले नीति निर्माणबारे सुझाव संकलन शनिबार, माघ १७, २०८२
प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन: प्रचण्ड शनिबार, माघ १७, २०८२
अधुरा विकास योजनाको काम पूरा गर्ने लक्ष्यसहित निर्वाचनमा सहभागी भएको महेश बस्नेतको दाबी शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
खगेन्द्र सुनारको विवादित अभिव्यक्तिपछि रास्वपाले दियो जवाफ शुक्रबार, माघ १६, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
अमेरिकामा रहेका नेपालीलाई कानुनविपरीत सहुलियत नलिन दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
काँग्रेसले विगतका सकारात्मक अभ्यास आत्मसात् गर्दै कमजोरी त्यागिसकेको गगन थापाको दाबी शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्