काठमाडौं– बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबल अन्तर्थत राउण्ड रोबिन लिगको अन्तिम खेलमा आज नेपालले भारतसँऊ प्रतिस्पर्धा गर्दैछ।
राजधानी ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र भारतबीचको उक्त खेल आज दिउँसो २ बजेर ४५ मिनेटमा सुरु हुनेछ।
नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ। नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ। नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। दोस्रो खेलमा भुटानलाई हराएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।