काठमाडौं– बंगलादेशको ठाकुरगाउँ जिल्लाको बालियाडंगी उप जिल्लाको सडक किनारामा बनेका १२ वटा मन्दिर तोडफोड गरिएको छ। साथै मन्दिरमा रहेका १४ मूर्ति पनि तोडफोड गरिएको छ।
प्रहरीले यस घटनामा अज्ञात अभियुक्तमाथि मुद्दा दर्ता भएको जानकारी दिएको छ। बालियाडांगी प्रहरी चौकीका कार्यबाह अधिकारी खैरुल अनामले भने, ‘गत ४ फेब्रुअरीको रात केही अज्ञात व्यक्तिहरुले मूर्ति तोडफोड गरेका छन्। प्रहरीले यस विषयमा छानबिन गरिरहेको छ।’
उपजिल्ला कार्यकारी अधिकारी विपुल कुरमाले ६/७ किलोमिटर लामो सडक किनारामा बनेका स–साना मूर्ति तोडफोड गरिएको बताए। उनले मन्दिरको निगरानीको कुनै व्यवस्था नभएका कारण राति तोडफोड भएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।