रंगेली– मोरङको सीमावर्ती नाकाबाट अबैधरुपमा नेपाल भित्र्याउन लागेको कपडा रंगेली प्रहरीले बरामद गरेको छ।
भन्सार छलेर अबैधरुपमा चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप शनिबार बिहान ४ बजे इलाका प्रहरी कार्यालयको गस्ती टोलीले गोप्य सूचनाको आधारमा धनपालथान–४ स्थित कर्सिया बजारमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब २ लाख रुपैयाँ बराबरको रेडिमेड कपडा बरामद भएको हो।
यस्तै, प्रहरीले जहदा गाउँपालिका–४ स्थित पोखरियाबाट शुक्रबार राति ९ बजे चिनी, तेल लगायत सामानसहित ढुवानीमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको एक मोटरसाइकल समेत बरामद गरेको छ।
त्यसैगरी रंगेली नगरपालिका–४ स्थित चोप्राहा नाकाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा ४ थान गाई समेत नियन्त्रणमा लिएर संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।