काठमाडौं– सडकमा ट्राफिक व्यवस्थापन हुन नसक्नु त काठमाडौं उपत्यकाका लागि आमकुरा नै भइसक्यो। सडकका खाल्डाखुल्डी त नागकिरले वास्तै गर्न छोडिसके। रहरले होइन, सरकारको अटेरीपनले।
घरबाट बाहिर निस्किएर सवारीसाधन चढ्ने बित्तिकै कुनबेला कुन चोकमा जाम पर्ने हो पत्तै हुँदैन। त्यसैले पनि विद्यालय र क्याम्पस जाने विद्यार्थी र कार्यालय जाने कर्मचारीहरूले निर्धारित समयमै गन्तव्यस्थल पुग्न वास्तविक लाग्ने समय भन्दा आधा घण्टा अघि नै घरबाट निस्किनुपर्ने बाध्यता छ।
यी सबैको पछाडिको मुख्य कारण सडकमा ट्रफिक पूर्वाधारको कमी र हेलचेक्र्याइँ नै हो। सडकैपिच्छे ट्राफिक पूर्वाधारहरू अस्तव्यस्त स्वरुप प्रशस्तै देखिन्छन् र भेटिन्छन्। ट्राफिक पूर्वाधारहरूको अस्तव्यस्तताले दिनप्रतिदिन सडक दुर्घटना पनि बढिरहेका छन्।
कतै सडकमा लाइट नै राखिएको छैन भने कतै सडक सुरक्षाका सामग्रीहरू जथाभावी फालिएको छ। नो पार्किङ लेखिएका बोर्डहरू सडकको कुनामा भाँचिएर फालिएको छ भने सडकको बीचमै अस्तव्यस्त रुपमा सडक सुरक्षासम्बन्धी सामग्रीहरू फालिएका हुन्छन्। सडक छेउको बारहरू भत्किएपछि मर्मतसम्भार नै वर्षौंसम्म हुँदैन। ट्राफिक लाइट छ तर प्रयोगमा आएका छैनन्, वा बिग्रिएको ट्राफिक लाइट छ।
यस्ता समस्या काठमाडौं उपत्यकाका अधिकांश सडकमा देख्न पाइन्छ। पूर्ण जोमिख मोलेर आम सर्वसाधारणहरू दिनहुँ यात्रा गरिरहेका हुन्छन्। तर, सरकार भने यस्ता कुरामा बेखबर बनेको छ। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले खिचेका सडकको दुर्दशासम्बन्धित यी तस्बिरहरू :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।