• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन ८, २०८३ Fri, Jul 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के होला राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य?

64x64
किशोर दहाल शुक्रबार, माघ १३, २०७९  २२:४५
1140x725
फोटो : राष्ट्रिय स्वतन्त्र पार्टीको फेसबुक पेज

काठमाडौं- विदेशी नागरिकता लिएर त्यागे पनि नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै रवि लामिछाने अहिलेलाई नेपाली नागरिक नरहेको सर्वोच्च अदालतले शुक्रबारको फैसलामा उल्लेख गरेको छ। फैसलासँगै उनले उपप्रधान तथा गृहमन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति जस्ता पद गुमाएका छन्। त्यस्ता पदका लागि नेपाली नागरिक हुनुपर्ने जरुरी छ।

फैसलासँगै उनले प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड समक्ष राजीनामा बुझाएका थिए। साथै, गृहमन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरुलाई उनले निराशापूर्ण प्रतिक्रिया दिएका थिए। आफू अनागरिक रहेको उनको भनाइ थियो। अबको पार्टी सभापतिका बारेमा आफूलाई थाहा नभएको उनले बताएका थिए। 'अध्यक्ष छैन। म केही पनि रहिनँ। कोही पनि होइन', उनको भनाइ थियो।

हुनसक्छ, सर्वोच्चको फैसलाले उनमा दिग्दारी उत्पन्न गराएको थियो। तर, उनले ती पद गुमाएको यथार्थ त हो नै।

अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के होला भन्ने चासो व्यक्त भएका छन्। जुन अस्वाभाविक होइनन्। किनकि, राष्ट्रिय स्वतन्त्र पार्टीको परिचय 'रवि लामिछानेको पार्टी'को रुपमा स्थापित थियो। सुरुवातमा उनकै नाम र व्यक्तित्वका कारण त्यसलाई आमजनले चिनेका थिए। उनीप्रतिकै मुख्य आशाका कारण मंसिर ४ को निर्वाचनमा पार्टीले अनपेक्षित मत पाएको थियो।

लामिछाने स्वयंले चितवन-२ बाट सर्वाधिक मतान्तरसहित जितेका थिए। त्यहाँ उनले परम्परागत पार्टीका दुई प्रभावशाली उम्मेदवारलाई न्युन मतमा सीमित गरिदिएका थिए। जबकि, उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको सांगठनिक आधार खासै थिएन। उनी स्वयंले त्यहाँबाट निर्वाचन लड्ने लामो तयारी पनि गरेका थिएनन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका अन्य उम्मेदवारले पाएको मत र समानुपातिकतर्फ पार्टीले पाएको मतमा पनि लामिछानेप्रतिकै आशा प्रतिबिम्बित भएका थिए। अब त्यसमा अवरोध उत्पन्न भएको छ। किनकि, यो पार्टीको भविष्य नै अन्यौलपूर्ण देखिन्छ।

स्थापनाअघिको 'कन्सेप्ट' मात्रै होइन, पार्टी स्थापनापछि पनि त्यहाँभित्र लामिछानेकै एकल व्यक्तित्व र निर्णय हाबी भइरहेको थियो। सभापतिका रुपमा उनले लिएका निर्णयहरु विवादित नभएका होइनन्, तर पार्टीभित्रको सर्वाधिकार प्राप्त व्यक्ति उनी नै थिए। उनी सभापति नरहने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका निम्ति अभिभावकविहीन परिस्थिति सिर्जना भएको छ।

थप केही चुनौती पार्टीको स्थापनाकालदेखि नै कायम छन्, जसलाई टार्दै आइएको थियो। मूलतः पार्टी वैचारिक रुपमा स्पष्ट छैन। आजसम्म लामिछानेको ओजले ती विषय ओझेल परेका थिए। कतिसम्म भने, उनी र अन्य मन्त्रीमाथि स्वार्थ आकर्षित हुने जिम्मेवारी लिएको भन्दै प्रश्न उठ्यो तर पार्टीका नेताहरुले त्यसप्रति प्रश्न उठाउन सकेनन्।

nimb
nimb
Ncell 2
Ncell 2

स्थापनाको छोटो समयमै निर्वाचनमा होमिएको र निर्वाचनको अर्को महिना सरकारमा सामेल भइहालेका कारण पनि यो पार्टीका धेरै विषय मन्थन र मत्थर भएका थिएनन्। ती दबाइएका थिए। तर, सधैं यसैगरी अगाडि बढ्न सम्भव हुनेछैन। पार्टीले आफूलाई वैचारिक र सैद्धान्तिक रुपमा प्रष्ट पार्न नसकेमा विग्रह निम्तिन सक्छ।

तर यो पार्टीको जटिलता के हो भने, वैचारिक र सैद्धान्तिक विषयमा प्रष्ट पार्ने क्रममै पनि विग्रह निम्तिने जोखिम छ। किनकि यो पार्टीमा फरकफरक पृष्ठभूमिका व्यक्तिहरु जोडिएका छन्। चिकित्सक, कानुन व्यवसायी, शैक्षिक अभियन्ता, सेयर कारोबारी, उद्यमी जस्ता पृष्ठभूमिका नेताहरु छन्। उनीहरुका स्वार्थ र बुझाइ फरकफरक छन्। उनीहरुले पार्टीलाई आफू अनुकूलको बाटोमा हिँडाउन खोज्छन्।

सांगठनिक संरचना पनि पूर्ण छैन। सत्ताधारी पार्टी भएको र गत निर्वाचनमा उल्लेखनीय मत पाएको पार्टी भएकाले यसमा जोडिन चाहने मान्छेहरुको अभाव त हुने छैन। बरु स्वार्थी समूहहरु ह्वार्रर्र प्रवेश गर्ने र संगठन नै कब्जा गरिदिने सम्भावना रहन्छ।

वैचारिक रुपमा प्रष्ट नभएको, सांगठनिक संरचना पूर्ण र चुस्त नभएको तथा संस्थागत निर्णय लिने पद्धति स्थापित नभइसकेको यो पार्टीले महत्त्वपूर्ण विषयमा आगामी दिनमा प्रष्ट हुन र आफ्ना रणनीति तय गर्न मुस्किल हुनसक्छ। त्यसको अर्को कारण पनि छ। पार्टीभित्र लामो राजनीतिक यात्रा गरेका र अप्ठ्यारोसँग जुधेर आएका परिपक्व नेताहरु छैनन्। आफ्ना रुचि र अध्ययनका विषयमा कतिपय परिपक्व सुनिन्छन् तर त्यसलाई पार्टीको सामूहिक धारणा बनाउने र संगठनमार्फत् विस्तारित गर्ने सवालमा उनीहरु कच्चा नै रहेको बुझिन्छ। 

उल्लेखित विषय सबै दोस्रो वा तेस्रो वा चौथो प्राथमिकताका हुन्, पहिलो प्राथमिकताको विषय हो- निर्वाचनअघि आमरुपमा वितरित आशालाई जिवितै राख्ने कसरी? पार्टीले आफ्नो वाचा अनुसार नै काम गरिरहेको छ र त्यस सम्बन्धमा केही न केही उपलब्धि पनि हासिल गर्दै गइरहेको छ भनेर विश्वास दिलाउने कसरी? लामिछानेको नेतृत्व नरहँदा पनि ती विषय पार्टीका हरेकको सामूहिक दायित्वको विषय बन्छ। 

सम्भावना त लामिछाने नै पुनः पार्टीको नेतृत्वमा फर्किने पनि हुनसक्छ। संविधान र कानुनका ज्ञाताले लामिछानेले नेपाली नागरिकता पुनःप्राप्तिको प्रक्रिया पूरा गरेर नागरिकता लिन सक्ने र बाँकी राजनीति अगाडि बढाउन सक्ने धारणा व्यक्त गरेका छन्। नेपाल लाइभसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले पुनःप्राप्तिमार्फत नागरिकता लिएर उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार बन्न पाउने बताए। त्यतिबेला उनी पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि बन्न सक्लान्।

तत्काललाई भने लामिछानेको पद गुमे पनि पार्टीमा अरु पदका व्यक्ति कायम रहने र उनीहरुले पार्टी सम्हाल्ने ज्ञवालीको भनाइ छ। 'अध्यक्ष मात्रै नरहने भयो। अरु पदका त छन् नि। पार्टीमा त अरु पनि हुन्छन्', उनले भने, 'पार्टीको अध्यक्ष अरु बन्ने होलान्। विधान अनुसार होला। अहिलेलाई रवि लामिछाने सांसद रहनुभएन, संसदीय दलको नेता पनि रहनुभएन। त्यति मात्रै हो।'

त्यसो त, लामिछानेको आगामी राजनीतिक यात्रा के हुन्छ, प्रष्ट छैन। राहदानीको विषयमा पनि उनी दोषी ठहर हुनसक्छन्। जसले उनलाई थप अप्ठ्यारो पार्न सक्छ। जे भए पनि, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र सार्वजनिक व्यक्तित्वको रुपमा उनको पुरानै ओज भने अब कायम नरहने प्रष्ट छ।

सर्वोच्चको फैसला र पार्टीको भविष्यलाई जोडेर बोल्न सो पार्टीका नेताहरु प्रारम्भमा अलमलमा देखिन्छन्। त्यसैले उनीहरुले प्रतिक्रिया दिन चाहेका छैनन्। अनिच्छा व्यक्त गरेका छन्। पार्टीका महामन्त्री मुकुल ढकालले भने शुक्रबार साँझै एक सूचनामार्फत प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरु स्थगित गरेका छन्। 'पार्टीका लागि चुनौती'को समय भन्दै उनले पार्टी सदस्य र शुभचिन्तकहरुलाई संयमता साथ प्रस्तुत हुन भनेका छन्। उनैले उल्लेख गरे जस्तो चुनौती चिरेर बाँकी नेताले आफूलाई प्रमाणित गर्ने अवसर भने उपलब्ध भएको छ।

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  २२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगाम... शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी प्रधानन्यायाधीश मनोजकुमार शर्मा भारत भ्रमणमा गएपछि मल्ललाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी तोकिएको हो । शुक्रबार, साउन ८, २०८३
रास्वपाका सांसदहरूले स्वकीय सचिवमा परिवार र आफन्तलाई नियुक्ति दिन नपाउने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यका अनुसार पार्टीले सांसदका स्वकीय सचिव नियुक्तिमा नातावाद, परिवारवाद तथा आर्थिक अनियमितता रोक्... शुक्रबार, साउन ८, २०८३
ताजा समाचारसबै
कोलकाता-विराटनगर कार्गो रेल सेवा सञ्चालनमा, व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा शुक्रबार, साउन ८, २०८३
वरुण बेभरेजमा छापा, ‘सेभेन अप’को उत्पादन र बिक्रीमा रोक शुक्रबार, साउन ८, २०८३
अहिलेको राजनीतिक परिस्थिति जटिल हुनुमा हामीले कहीँ न कहीँ त्रुटि गरेका छौँ : प्रचण्ड शुक्रबार, साउन ८, २०८३
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा पर्‍यो : मानवअधिकार संस्था शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
'पेपर लिक' प्रकरणमा फास्ट–ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्