धनगढी– कैलालीको धनगढीमा धर्मदेव पशुपति स्मृति प्रथम खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ हुने भएको छ।
पुलिस पब्लिक ब्याडमिन्टन क्लबको आयोजनामा फागुन ११ गतेदेखि प्रतियोगिता हुने भएको हो।
प्रदेश प्रहरी कार्यालयको ब्याडमिन्टन हलमा फागुन ११, १२ र १३ गते प्रतियोगिता हुने बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ।
संयोजक मेम्बर सिंहका अनुसार देशभरमै सर्वाधिक पुरस्कार राशीको ब्याडमेन्टन प्रतियोगिता प्रदेशमा सञ्चालन हुन लागेको हो।
प्रतियोगितामा ओपन डबल, ४५ प्लस भेट्रान र ५५ प्लस भेट्रान गरी तीन इभेन्टमा सञ्चालन गरिने उनले बताए।
ओपन डबलमा प्रथमलाई १ लाख २१ हजार, द्वितीयलाई ७१ हजार र तृतीयलाई ५१ हजार रकम पुरस्कारसँगै मेडल तथा ट्रफी प्रदान गरिने छ।
४५ प्लस भेट्रानअन्तर्गत प्रथमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तृतीयलाई २१ हजार नगद तथा ५५ प्लस भेट्रानअन्तर्गत प्रथमलाई ३१ हजार, द्वितीयलाई २१ हजार र तृतीयलाई ११ हजार नगदसहित ट्रफी, मेडल प्रदान गरिने संयोजक सिंहले बताए।
प्रतियोगिताको जम्मा पुरस्कार राशी चार लाख नौ हजार हुनेछ।
प्रतियोगितामा सहभागी हुने खेलाडी ओपन डबलमा तीन हजार तथा भेट्रानतर्फ दुई हजार प्रवेश शुल्क तोकिएको छ।
प्रतियोगितामा फागुन ९ गतेभित्र नाम दर्ता गरिने र १० गते टाइसिट निकालिने उनले बताए। सटर कटमा योनेक्स सनराइज प्रायोजक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।