• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

१२ वर्षपछि तामेली जगाउने निवेदनमा सँधियारले जग्गा दावी गरेपछि...

64x64
नेपाल लाइभ सोमबार, माघ ९, २०७९  ११:५३
1140x725

काठमाडौं- जिल्ला, उच्च र सर्वोच्च अदालतको फैसला, आफ्नो  नाममा रहेको पुर्जा अनि जग्गाको नक्सा बोकेर अख्तियारदेखि प्रधानमन्त्री कार्यालसम्म धाउने मच्छेगाउँका सागर विष्टको दैनिकी बनेको छ।

उनले यसरी अड्डा-अदालत धाउनुको कारण हो, १२ अघि सधियारले दर्ता गरेको  अंश चलन र घर भत्काइपाउँ भन्ने मुद्दा। जुन मुद्दा जिल्ला अदालत काठमाडौं, उच्च अदालत पाटन र सर्वोच्च अदालत पुगेर टुङ्गियो र फैसला कार्यान्वयन समेत नभएर शून्यमा गयो। तर त्यही शून्यमा गएको मुद्दाले अहिले उनलाई तनाव दिएको छ।

तत्कालीन मुलुकी ऐन अनुसार अन्तिम फैसला भएको ३ वर्षसम्म दावी गर्नुपर्नेमा नगरेको र अहिले १२ वर्षपछि मालपोत कार्यालयबाट ताकेता सुरु भएपछि उनी पनि अड्डा अदालत धाउन लागेका हुन्। उनले कहिले नापी कार्यालय,कहिले मालपोत त कहिले अख्तियार दुरुपयोग आयोगसम्म पुगेर उजुरी गरेका छन्। 

छिमेकी पुष्कलकुमार थापाले तामेलीमा रहेको निवेदन मालपोत कार्यालयसँग मिलेमतोमा जगाउने निवेदन दिएर आफ्नो जग्गा दावी गर्न थालेपछि उनी अहिले आफ्नो घर-जग्गा बचाउनका लागि सरकार गुहार्न थालेका हुन्। 

के थियो विवाद 
तत्कालीन मच्छेगाउँ- १, हाल चन्द्रागिरि नगरपालिकामा पर्ने ३५२ र ३६० कित्ता नम्बरको जग्गा सागरले आफ्नी आमाको नामबाट नामसारी गरेर आफ्नो हकभोग कायम गरेका थिए। उनको जग्गासँगै पुष्कलकुमारको कित्ता नम्बर ३७२ र ३७५ को जग्गा थियो। उक्त जग्गामा थापाले खिचोला चलन र घर भत्काइपाउँ भनी जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरे।

उनले शौचालयसहित अन्य जग्गा आफ्नो भएकाले आफ्नो नाममा पुर्जा कायम हुनुपर्ने र निर्माण भएको संरचना भत्काउनुपर्ने दावी गरे। करिब १ रोपनी जग्गामा यस्तो दावी पुष्कलले गरेका थिए।

२०५२ जेठ १६ गते जिल्ला अदालत काठमाडौंले फैसला सुनायो। जिल्ला अदालतले शौचालय भत्काउने र जग्गा पनि खाली गर्नु भनी फैसला सुनायो। यो विवाद उच्च अदालत पुग्यो। उच्च अदालत पाटनले जिल्लाको फैसला केही उल्ट्यायो। शौचालय नभत्काउने र जग्गा वादीकै कायम हुने फैसला सुनायो। 

उच्च र जिल्लाको फैसला परीक्षणका लागि सर्वोच्च पुग्यो। प्रतिवादी त्यस विरुद्ध सर्वोच्च अदालतका न्यायाधीशद्धय रामकुमारप्रसाद साह र प्रकाश वस्तीको इजलासले जिल्ला र उच्चको फैसला बदर गर्दै वादीको दावी नपुग्ने फैसला सुनायो।

Ncell 2
Ncell 2
nimb
nimb

२०६७ असार २१ गते सर्वोच्चले सुनाएको फैसला कार्यान्वयन भएन। फैसला कार्यान्वयन नहुनुको मुख्य कारण थियो, पुष्कल मालपोत कार्यालयका कर्मचारी थिए। उक्त समयमा उनी मौन बसे। उनले अवकाश पाएको सात वर्षपछि फेरि तामेलीबाट जगाउने निवेदन दिँदै मालपोत कार्यालयबाट उक्त जग्गा दावी सुरु गरेका छन्। 

पुष्कलले अहिले आएर गरेको  कानुनी हुनुका साथै आर्थिक चलखेलको आधारमा भएको  दावी गर्दै अख्तियारमा दर्ता भएको उजुरीमा गरिएको छ। 

तत्कालीन समयमा विद्यमान रहेको मुलुकी ऐन अनुसार पुष्कलले २ वर्षभित्र दावी गर्नुपर्ने र दोब्बर दस्तुत तिरेर थप १ वर्षभित्र दावी पेस गर्न सकिने हुँदाहुँदै पनि नगरेको र अहिले आएर आफ्नो जग्गा कब्जा गर्ने प्रयास गरेको दावी प्रधानमन्त्री कार्यालयमा पेस गरिएको उजुरीमा गरिएको छ। 

मुलुकी ऐन दण्ड सजाय महलको ४२ मा ‘बिगो भरिपाउनेमा सो भरिपाउनेको दरखास्त नपरी भरिभराउ गर्न हुँदैन। भरिपाउनलाई फैसलाको रितपूर्वकको नक्कल लिई देहायको म्यादमा जायजातको दरखास्त दिन आएमा देहाय बमोजिम गरी भराइदिनुपर्छ। सो म्याद नाघेपछि दरखास्त लाग्न र म्यादभित्र दरखास्त दिएमा अड्डाबाट दिएको तारिख गुजारी बस्यो भने फैसलाले पाउने भएको बिगो भरिभराउ हुन सक्तैन’ भनिएको छ। 

Xtrem

Xtrem

त्यस्तै सोही महलको ४३ मा ‘आखिरी टुङ्गो लागी फैसला भएपछि सो फैसला भएको मितिले दुई वर्षभित्र जुन अड्डाबाट चलन पाउने हो सो अड्डामा चलन पाउँ भन्ने दरखास्त दिनुपर्छ। सो दुई वर्षको म्याद नाघेपछि भने सो चलन चलाउने वस्तुको ऐन फैसला बमोजिम लागेको दस्तुरको आधा दस्तुर फेरि दिए मात्र सो पहिला दुई वर्षको म्याद नाघेको मितिले फेरि एक वर्षभित्र दरखास्त दिन पाउँछ। सो म्याद नाघेपछि भने दरखास्त लिन र अड्डाबाट चलन चलाइदिन समेत पर्दैन’ भनिएको छ।

उक्त महल अनुसार पुष्कलले दावी नै गर्न पाउने जग्गामा दावी गरेको र यसमा मालपोत कार्यालयभित्र आर्थिक चलखेल भएको र मालपोतका कर्मचारीहरुले आफूलाई जग्गा पास गरेर दिन दबाब दिइरहेको उनको उजुरीमा दावी गरिएको छ।  

पुष्कलले आफू पूर्व मालपोतको अधिकृत भएकोले सबैतिर मिलाउने अनि जग्गा आफ्नो नाममा सर्वोच्चको फैसला अनुसार गर्ने दावी गर्दै दबाब दिइरहेको सागरले बताए। फैसला भएको समयमा मौन बसेको र अवकाश पाएको सात वर्षपछि तामेलीको भरमा जग्गा लिन खोजेको उनले बताए। 

जिल्ला अदालतको फैसला कार्यान्वयनमा दावी लिएर जाँदा हदम्याद समाप्त भएपछि तामेलीको साहारा लिएर जग्गा कब्जा लिन खोजेकोले आफू अख्तियार पुगेको उनले बताए। ३ रोपनी  २ आना २ दाम विवादित जग्गामा उनले अहिले ४ आना जग्गा आफ्नो नाममा पास गरिदिन उनले दबाब दिइरहेको सागरको जिकिर छ। 

‘अख्तियार र प्रधानमन्त्री कार्यालयमा उजुरी दिएका छौं तर पछिल्लो समय मालपोत कार्यालय र अन्य ठाउँबाट पटकपटक धम्की आइरहेको छ,’ सागरले भने, ‘पुर्जा मेरो नाममा छ। पास गरे मिल्न सकिन्छ नत्र कब्जा गर्छौं भन्छन्।’ 

तर, पुष्कलले भने उक्त जग्गामा आफूले जहिल्यै पनि दावी गर्न पाउने बताए। उनले फैसलामा दावी गर्न तत्काल जानु भन्ने उल्लेख नभएको र मुद्दाको क्रममा आफू प्रतिवादी भएकाले लामो समयसम्म दावी नगरेको जिकिर गरे। उनले तत्कालीन समयमा पछि नापजाँच हुँदा मिलाउने भनी र अन्य कारणले नगरेको र अहिले दावी गरेको बताए। सर्वोच्चको फैसला अनुसार जग्गा पाउनुपर्ने भएकाले यसमा तत्कालीन मुलुकी ऐनको व्यवस्था लागू नहुने दावी गर्दै आफू मालपोतबाट प्रक्रियामा अघि बढेको दावी गरे। उनले यत्रो समय किन दावी गर्नु भएन र अहिले किन गर्नु भयो भन्ने प्रश्नमा आफूलाई अहिले दावी गर्न मन लाग्यो अनि गरेको टिप्पणी गरे।

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  ११:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज
सम्बन्धित सामग्री
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौंदी क्षेत्रमा थप मर्मतसम्भार गर्न सोमबार राति ६ घण्टा सवारी आवागमन बन्द गरिने भएको छ। सोमबार, असोज २६, २०८३
मुगुमा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते आज बिहान करिब ८:३० बजे मुगु–रारा भित्री सडकखण्ड अन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको हो । सोमबार, असोज २६, २०८३
जनकपुर चुरोट कारखानामा दाबी पेस गर्न पक्रिया सुरु नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सार्वजनिक सूचना जारी गर्दै कारखानासँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
राति ११ बजेपछि मुग्लिन–काठमाडौंमा सवारी रोकिने सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने:  अझै धेरै साथीको भरोसा जित्न बाँकी छ सोमबार, असोज २६, २०८३
कांग्रेस महाधिवेशन : खुला सहमहामन्त्रीमा रामहरि खतिवडाको अग्रता सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु आइतबार, असोज २५, २०८३
विद्यालयको प्रधानाध्यापकमाथि कुटपिट गर्ने २ जना नियन्त्रणमा आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्