complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

कौसीमा साथी पर्खिरहेका ‘साथी’हरू...

64x64
समर्पण श्री आइतबार, माघ ८, २०७९  ०८:००
1140x725

काठमाडौं– साथी किन चाहिन्छ? 

साथी नहुँदो हो त मानिसले मनमा गुम्सिरहेको कुरा कसलाई पोख्छ होला? आफू पोखिन, फैलिन र खुसी हुन साथी विना सकिन्छ कि सकिन्न?

यी प्रश्नहरू मनमा पक्कै आउँछन् होला है!

हामी सधैं मन पोख्ने साथी खोजिरहन्छौँ। यतिबेला टेकुस्थित कौसी थिएटरले ‘साथी’ खाजिरहेको छ। कलाकार तथा रंगकर्मी आशान्त शर्माले बोलाइरहेका छन्, ‘साथी, साथी आइदेऊ न!’

तर ‘साथी’ कसका लागि आइदिने त? नाटक हेरेर फर्केपछि लाग्छ, ‘आफ्नै लागि।’ 

नाटकले हाम्रो कठोर वास्तविकता देखाउँछ। मनमा मडारिइरहेको कुहिरो, एक्लो हुँदा गर्ने निरीह अनुभूति। घर, परिवार, समाज र वरपरका साथीभाइ सबैबाट अपहेलित महसुस भएको क्षण। आफूले आफूलाई कमजोर सोचिरहेको दिन, एउटी किशोरी सल लिएर आत्महत्या गर्न निस्कन्छिन्।

तर उनलाई बचाउन आउने एउटा साथी। यस्ता साथी, जसले किशोरीलाई जीवनका गीत गाउन सिकाउँछन्। सम्भावनाका बाटो हिँड्न सिकाउँछन्। र आफ्नो साथी चिन्न सिकाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि ती किशोरीको अनुहारमा आएको परिवर्तन, जुन हेर्नका लागि पनि कौसीमा पुग्नुपर्ने छ। कम्तिमा त्यो परिवर्तन हामी सबैको अनुहारमा फैलन जरुरी छ।

००० 

नाटकका केन्द्रीय पात्र किशोरी किशोरी हुन्। परीक्षामा कम नम्बर आएर कलिलो विद्यार्थीले जीवन सिध्याएका घटना हामीसामु थुप्रै छन्। फेसबुक/मोबाइलको लत र त्यसले बालबालिकाका जीवनमा पारेका दीर्घकालीन असर पनि हामीले देखेका छौँ।

नाटकले भन्छ, ‘यसबाट जोगिन साथी चाहिन्छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नाटकले दर्शकलाई वास्तविकता बुझाउँछ, तर त्यो पीडा मनमा जमाउन दिँदैन। कोही दर्शक रुन नपाउँदै हाँस्न पुग्छ, तनाब महसुस गर्न नपाउँदै हलुका हुन्छ। नाटकका निर्देशक आशान्त शर्मा भन्छन्, ‘गम्भीर विषयमाथि नाटक बनाउँदैछौँ। यसलाई गम्भीर भएर मञ्चन गर्यौं भने त दर्शक ट्रमामा जान्छन्। हलमा आउँदा समस्या बुझुन् र आशा बाकेर जाउन् भन्ने हाम्रो ध्येय हो।’

नाटकमा साथी साथीबीचको संवादहरू रोचक छन्, सुनिरहुँजस्ता। मञ्चको सजावट, जसले दर्शकमा कल्पनाशीलता भरिदिन मद्दत गर्छ। रङ संयोजनले खुसीका रङहरू नै बाँड्न सहयोग गर्छ।

०००

मानसिक स्वास्थ्य अहिले बहसको विषय बनिरहेको छ। विभिन्न समयमा आत्महत्यका घटना हामी सुनिरहन्छौँ। आशान्त चाहन्छन्, ‘कम्तिमा हामीले हाम्रा आफन्त जोगाउनु छ। साथी भाइ जोगाउनु छ।’

नत्र त आफ्नै भतिजा जोगाउन नसकेको पीडाले उनलाई हानिरहँदो रहेछ। भतिजा गुमाएको घटनाले नै आशान्तलाई यो विषयमा सोच्न घच्घच्याइरह्यो। 

१२ चैत्र २०७८, 

उनी आफ्नो घर नवलपरासीबाट काठमाडौं फर्कँदै थिए। मलेखु आएपछि बाइक रोकेर मोबाइल हेर्छन् त फोनमा दर्जन भन्दा बढी मिसकलका घण्टी बजेका छन्। सुरुमा आमालाई कलब्याक गरे। ‘बाबु अहिले जाऊ। भोलि बिहानै फर्किहाल है।’

अचानक ‘फर्क’ भन्ने आमाको आदेशले आशान्त झस्कन्छन्। 

सोध्छन्,‘किन आमा?’

‘आकाश छैन नी बाबु,’ आमाको जवाफले उनको शरीर चिसो भयो। 

२८ वर्षका ती भतिज सोझा थिए। बोल्नमा केही समस्या थियो उनको। जसलाई अरुले मजाकको विषय बनाउँथे। उनले एक दुई जना साथीलाई भनेका पनि रहेछन्, ‘मलाई सबैले हेप्छन्।’

आफ्नो कुरा भन्ने मान्छे नै कोही नपाएर उनी बिते भन्ने अनुमान थियो आशान्तको। अहिले पनि त्यो घटना स्मृतिमा ठोकियो भने उनको गला अवरुद्ध हुन्छ। 

भतिजको दाहसंस्कार गर्ने बेलामा पनि अर्को युवाको लाश ल्याइएको थियो। त्यो पनि आत्महत्याकै घटना। 

‘गाउँमा त्यतिबेलासम्म पाँच जनाले आत्महत्या गरिसकेका रहेछन्। मान्छेले एक अर्काको बारेमा सोचिदिनुपर्छ भन्ने लागिरह्यो। त्यतिबेला नै यो विषयमा नाटक गर्छु भन्ने सोचेँ,’ उनी भन्छन्।

सर्वप्रथम त, त्यो घटनाले दिएको पीडा कम गराउनु थियो। उनी केही समय फिल्मतिर लागे। त्यसपछि अर्को नाटकको तयारी गर्दै थिए। मानसिक स्वास्थ्यको विषयले उनलाई लगातार हानिरह्यो। उनले त्यो नाटकलाई थाती राखेर यो नाटकमा लागे। 

मनोपरामर्शविद्सँग भेटे। यस विषयमा छलफल गरे। ‘आत्महत्या प्रयास गरेर बाँचेर फर्किएकाहरूसँग पनि भेटेँ। जो अहिले मानसिक स्वास्थ्यकै मुद्दामा काम गरिरहनुभएको छ,’ आशान्त भन्छन्। 

त्यसपछि उनले तयार पारे, ‘साथी, साथी आइदेऊ न।’

नाटकले आशा जगाउँछ, जीवनप्रति। सुन्दर सपना देखाउँछ, भविष्यप्रति।

नाटकमा साथी चिनाउने साथीहरू छन्– प्रभाकर न्यौपाने, सरला पराजुली, दिव्या मगर, छिरिङ शेर्पा, प्रनिश मगर लगायत...। १५ गतेसम्म कौसीमा उनीहरू तपाईंलाई पर्खिरहनेछन्।

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  ०८:००
  • #साथी साथी आइदेऊ न

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
ताजा समाचारसबै
तिब्बती भाषा पढाउन भन्दै भारत लैजाँदै गरेका २५ बालबालिको बनबासाबाट उद्धार बिहीबार, असोज २९, २०८३
भोटेकोशी बाढीपीडितलाई १८ करोड ४८ लाखभन्दा बढी राहत वितरण बिहीबार, असोज २९, २०८३
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
‘सरकारको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्छौं तर प्रमाणबिना उद्यमीलाई दोषी ठहर नगरियोस्’ : अध्यक्ष श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्