• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

‘के लत बस्यो...’, २५ वर्षपछि चर्चित बनेको एउटा आवाज

64x64
डिबी खड्का बुधबार, माघ ४, २०७९  ०६:४७
1140x725

काठमाडौं– धेरै वर्ष पहिले सुदूरपश्चिमतिर (सायद देशका अरु भागमा पनि) का एफएममा एउटा गीत खुब गुञ्जिन्थ्यो- ‘लुकाउन खोजे पनि।’ त्यो गीत गाउने तिलकसिंह पेला थिए। बैतडीको दशरथ चन्द नगरपालिका- ६ मा जन्मिएका पेला सम्भवत: त्यो क्षेत्रका पहिलो आधुनिक गायक थिए। देउडा गाउने र सुन्ने समाजका उनको पहिलो एल्बम ‘आँसु’ नै आधुनिक गीतहरुको संग्रह थियो। 

२०५३ सालमा सार्वजनिक भएको गीतको स्रोताका तर्फबाट भव्य स्वागत भयो। क्यासेटको समयमा प्रशस्त क्यासेट बिके। त्यही एल्बमको ‘लुकाउन खोजे पनि’ चर्चित बनाएका पेलाले त्यसपछि भने आफ्नो आवाज लुकाउन खोजे। 

आवाज हिट बनाइसकेका गायक पेला त्यसपछि कतै सुनिएनन्। त्यति देखिएनन्। चर्चाको दुनियाँ छाडेर साधनाको कुटीमा लुकेका पेला ४ दिनदेखि फेरि ‘भाइरल’ छन्। २५ वर्षपछि फेरि उनको आवाजको चर्चा चुलिएको छ।

उनको स्वरमा रहेको नयाँ गजल ‘के लत बस्यो’ले धेरैलाई सुन्न लत लगाएको छ। पेलाको गायन  हृदयस्पर्शी भएर एक कान-दोकान भइरहेको छ। कतिपयले आफूले एक हजारपल्ट सुनिसकेको दाबी गरेका छन्। गणितीय हिसाबले यो पत्याइहाल्नुपर्ने कुरा नभए पनि भावनाका हिसाबले सही छ। किनभने, जतिपल्ट सुन्यो, त्यति मोहनी लगाउने उनको मखमली आवाजमा जादु छ। 

गीत सुनिने क्रम जारी छ। तर गायक पेलालाई गीत सुनाउनु थिएन। त्यसैले कतिले सुने/हेरे उनलाई उति चासो छैन। कस्तो प्रतिक्रिया आइरहेको छ? त्यसप्रति पनि उनलाई कुनै दिलचस्पी छैन। 

चर्चा त पहिलो गीतबाटै पुग्दो पाइसकेका हुन्। चर्चाका लोभी भए त्यसैलाई भजाएर अघि बढ्थे। साधना बिनाको चर्चा स्रोतामाथिको अन्याय महसुस भयो उनलाई। त्यही बखत उनले गीत रेकर्ड गराउने क्रम चटक्क छाडिदिए, र संगीत सिकाउने गुरु खोज्दै हिँडे। 

काठमाडौंमा उनले पण्डित धनबहादुर गोपाली भेटाए। उनीसँगै साधना क्रममा लागे। संगीतको भोक-प्यास त्यतिमै नमेटिएपछि वनारस आउने-जाने पनि गरे। त्यहाँ पण्डित देवाशिषसँग साधना गरे। 

आफूले एक तहसम्म जानेपछि बाँड्ने रुचि जाग्यो। संगीतप्रेमी जुटाएर यसको ज्ञान आदानप्रदान गर्ने रहरले बनस्थलीमा खुल्यो- श्रीकृष्ण गुरुकुल पाठशाला। त्यहीँ उनले संगीत साधना गरे। सिक्न आउनेलाई संगीत सिकाए। 

Ncell 2
Ncell 2
nimb
nimb

दुनियाँका नजरमा उनी हराए। तर आफ्नै नजरमा उनी संगीतमा यत्रतत्र थिए। हरपल, हरक्षण थिए। उनलाई लाग्छ, ‘चर्चामा आएर ज्ञानी त भइने रहेनछ। संगीतसँग प्रिय संगत हुने रहेनछ। मलाई संगीत आत्मसाथ गर्नु थियो। गरिरहेको छु। दुनियाँका नजरमा हराएँ, तर आफ्नो नजरमा भने हरक्षण संगीतमा थिएँ।’ 

उनलाई गीत रेकर्ड गराएर फेरि दुनियाँलाई देखाउने रहर थिएन। त्यसैले २३ वर्ष उनले गीत गाइरहे। सुनाइरहे संगीतप्रेमीलाई, तर रेकर्ड गराएनन्। एक दिन डायरी पल्टाउँदै गर्दा उनलाई महसुस भयो, ‘मैले गीत लिएर कम्पोज गरेको रहेछु। मेरै आवाजमा गीत रेकर्ड गराउन चाहने ती सर्जकमाथि अन्याय भयो कि?’

आमजनका हिसाबले संगीतको किनारमा बसेका उनी दुनियाँको आँखाले देख्ने संगीतको भेलमा हेलिए- ‘निर्जन किनार’मार्फत्। टिकटक र फेसबुकका ‘अन्टसन्ट’ले गीत चल्ने समयमा उनको आवाजको झंकार कहीँकतै किनार पर्‍यो। एउटा गीत ल्याएर त्यसैको भरपुर प्रमोसन गर्ने समयमा उनले ८ वटा गीतको एल्बम ल्याए। उनलाई गाउनु थियो, तर बलजफ्ती सुनाउनु थिएन। त्यसैले प्रचार-प्रसारबाट टकटकिए। निश्चितले सुने- आहा! भने। त्यसैमा सीमित भयो। 

त्यो गीत संग्रहपछि ४ दिनअघि युट्युबमा आइपुग्यो- ‘के लत लाग्यो...’। गायक तथा संगीतकार पेलाका लागि संगीत साधनाकै एउटा उपक्रम थियो यो पनि। यसपल्ट पेलाको आवाज संगीतप्रेमीहरुभन्दा वर आइपुग्यो। जहाँ स्रोता पनि छन्। जहाँ आफूले सुनेर मन परेपछि अरुलाई सिफारिस गर्नेहरु छन्। सुरुका दुई दिन निकै सुस्त चलेको यो गीतको युट्युब भ्युज पछिल्ला दुई दिनदेखि लगातार उकालिएर दुई लाख ४० हजार वरपर पुगेको छ। 

खासमा यो उनी आफैं गाएर रेकर्ड गर्न चाहेका थिएनन्। रेकर्ड गर्ने कुरा भएपछि आफ्ना चेला कमल विष्टलाई गायनका लागि अघि सारेका हुन्। केही समयअघि नाचघरमा भएको ‘गजल मुशायरा’मा यो गीत विष्टले नै गाएका हुन्। उक्त कार्यक्रममा ८ वटा गजल गाइएका थिए। जसको संगीत निर्देशन पेलाले गरेका थिए। गाउने ८ जना गायक अरु नै थिए। 

गजलकार डा प्रदीपकुमार मैनालीले लकडाउनका बेला पेलाको स्वरको परख गरेका थिए। लकडाउनको समयमा संगीत साधनाका क्रममा पेलाका स-साना भिडियो सामाजिक सञ्जालमा देखिए। त्यही भिडियो देखेर गजलकार रवि प्राञ्जलमार्फत् डा भट्टराई पेलासम्म पुगेका थिए। पेलाको आवाजको पारखी बनिसकेका गजलकार मैनालीले उनकै स्वरमा रेकर्ड गराउन जोडबल गरे। 

त्यही जोडबलले पेलाको आवाज २५ वर्षपछि फेरि आम-तमाम स्रोतमाझ पुगिरहेको छ। संगीत सिकाउन सक्रिय पेलाले पछिल्ला दुई दिनमा गायनलाई लिएर भइरहेको चर्चा नियालिरहेका छन्। त्यसले मनमा एक प्रकारको ‘सुकून’ त छ, तर त्यसभन्दा बढी केही छैन। भन्छन्, ‘संगीतबाट चर्चाको यात्रामा आफैंले विश्राम लिएको हुँ।’

२०५१ सालमा उनले ‘आँसु’ एल्बम् ल्याउँदा गायक बन्नु थियो। उनले अग्रजसँग सानैमा सोधेका हुन्- गायक बन्न के गर्नुपर्छ? कसैले गीत रेकर्ड गर्न भनेका थिए भने कसैले रेडियो नेपालको स्वर परीक्षा पास गर्न। उनले दुवै काम गरे। त्यतिले चित्त बुझेन र सोधखोज गरे। त्यही क्रममा उनले जानकारी पाए- संगीतको औपचारिक शिक्षा हुन्छ। गुरुकुल हुन्छन्। शिक्षालय हुन्छन्। त्यसपछि उनी संगीत साधनामा लीन भए। त्यसपछि सिक्न र सिकाउनै तल्लिन भए।

संगीतबाट सेलिब्रिटी बन्ने कुरामा उति रुचि नभएका उनी संगीतलाई हरक्षण ‘सेलिब्रेट’ गरिरहेका हुन्छन्। अहिले संगीत पारखीले उनको आवाजलाई सेलिब्रेट गरिरहेका छन्।

प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  ०६:४७
  • #तिलकसिंह पेला
  • #k-lat-lagyo

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्