काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने यती एयरलाइन्सको विमान दुर्घटनास्थल अनुगमनका लागि पोखरा जाने भएका छन्। मन्त्रिपरिषदको बैठकपछि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पोखरा केही बेरमा जाने बताए।
आइतबार बिहान विमान पोखरास्थित सेती नदीको खोचमा खसेको थियो। ६८ यात्रु र ४ सदस्य चालक दलसहित सवार उक्त विमान दुर्घटनामा परेको हो। हालसम्म ३२ जनाको शव निकालिएको छ भने अन्य यात्रुहरुको अवस्था खोजी जारी रहेको छ।
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै विमान दुर्घटनामा शोक व्यक्त गर्दै सोमबार सार्वजनिक बिदा दिइएको छ। त्यस्तै पाँच सदस्यीय छानविन समिति गठन गर्ने पनि मन्त्रिपरिषदले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।