काठमाडौं– नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूलाई समवेदना प्रकट गरेका छन्।
उनले एक ट्वीटमार्फत् उक्त घटनाले आफू स्तब्ध भएको बताए। ‘यस दु:खद् घडीमा हाम्रो विचार नेपाली जनताको साथमा छ। मृतकहरूप्रति गहिरो समवेदना, शोक सन्तप्त परिवार घाइतेहरूप्रति समवेदना प्रकट गर्न चाहन्छु,’ उनले लेखेका छन्।
पोखरामा हालै बनेको विमानस्थल चिनियाँ लगानीमा बनेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।