काठमाडौं– पोखरामा दुर्घटना भएको यतिको जहाज बिहान १० बजेर ५० मिनेटसम्म टावरकै सम्पर्कमा रहेको पाइएको छ।
१० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको यतिको एन ९–एएनसी एटीआर–७२ को जहाज पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा थियो। ६८ यात्रु र चालक दलका चार सदस्य गरी ७२ जना सवार उक्त जहाज १० बजेर ५० मिनेटसम्म पोखरोको टावरसँग सम्पर्क रहेको पाइएको छ।
त्यतिबेला सेतीको खोंच नजिकै रहेको पाइएको थियो। त्यसलगत्तै उक्त जहाज दुर्घटनामा परेको पाइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार उक्त जहाज १० बजेर ५५ मिनेटमा दुर्घटना भएको हो।
चालक दलका सदस्यहरुमा पाइलट कमल केसी, को–पाइलट अन्जु खतिवडा, सृजना होंगचुन र ओसिन आले मगर थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।