काठमाडौं- पोखरामा यति एअरलाइन्सको दुर्घटना भएकाे जहाजमा लोकदोहारी गायिका निरा छन्त्याल पनि सवार रहेको पाइएको छ।
उनी एक सांगीतिक कार्यक्रममा पोखरा जानका लागि उक्त विमानमा चढेको पाइएको छ। उनको अवस्थाबारे भने अहिलेसम्म कुनै जानकारी आएको छैन। उनले आफू पोखरा जान लागेको कुरा सामाजिक सञ्जाल, फेसबुक, मार्फत जानकारी गराएकी थिइन्।
यतिको एन ९–एएनसी एटीआर–७२ को पोखराको नयाँ विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान १०ः५५ बजे दुर्घटना भएको थियो। उक्त विमान काठमाडौंबाट बिहान १०ः३३ मा पोखराका लागि उडेको थियो। चालक दलका ४ सदस्यसहित विमानमा ७२ जना थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।