काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको उडेको ९ एन–एसीएनसी यति विमानमा चालक दलका चारजना सदस्यसहित ६८ जना यात्रु रहेका थिए।
त्यसमा तीन शिशु, तीन बालबालिका र ६२ बयस्क मानिस रहेको बताइएको छ।
दुर्घटनाग्रस्त विमानलाई २० जनाको शव निकालिएको छ। केही घाइतेहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनाका घाइतेहरु अवस्था गम्भीर रहेको छ।
त्रिभुवन विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार उद्धार कार्य जारी रहेको छ। दुर्घटनास्थलमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुले उद्धार कार्य गरिरहेका छन्।
विमान आइतबार बिहान साढे १० बजेर ३३ बजे जाँदा पोखरा विमानस्थलदेखि दुई किलोमिटर पर सेतीको खोंचमा दुर्घटनामा परेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।