काठमाडौ– आइतबार बिहान पोखराका लागि उडेको एनलाइन–एएनसी एटीआर–७२ वायुयानका चालक दलका चारजना सदस्य थिए।
एति एयरलाइन्सको यो विमान कमल केसीले चलाइरहेका थिए। विमानमा अर्का एक पाइलट र दुई परिचारिका थिए।
पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटनाभएको यति एयरलाइन्सले जनाएको छ।
चालक दलका चार सदस्यसहित विमानमा ७२ यात्रु थिए। हालसम्म ३२ जनाको शव भेटिएको छ भने घाइतेहरुकाे उद्धार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।