काठमाडौं- काठमाडौंबाट पोखरा उडेको यति एयरलाइन्सको विमान पोखरामा दुर्घटनामा परेको छ।
आइतबार बिहान पोखराका लागि उडेको एनलाइन-एएनसी एटिआर-७२ वायुयान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको सेती किनारामा दुर्घटना परेकाे यति एयरलाइन्सले जनाएको छ।
विमानमा यात्रु संख्या ६८ र चालक दलका ४ जना सदस्य रहेका थिए।
दुर्घटनामा परेकाहरुको उद्धार कार्य जारी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।