काठमाडौं– कर्णाली प्रदेशमा मात्रै २९ हजार २ सय ४८ वटा लघु, घरेलु तथा साना उद्योगहरु सञ्चालनमा आएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार पछिल्लो ५ महिनामा मात्रै कर्णाली प्रदेशमा ३ हजार ५ सय २६ वटा कम्पनी दर्ता भएका छन्।
चालु आवको ५ महिनामा कर्णाली प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ६.६९ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा ५२.२६ प्रतिशतले घटेको औद्योगिक कर्जा ३ अर्ब ६७ करोड ४७ लाख ५० हजार रहेको छ।
उक्त प्रदेशमा औद्योगिक विकासका लागि आवश्यक न्यूनतम पूर्वाधार, आवश्यक दक्ष जनशक्तिको अभाव, उद्योगमैत्री पूर्वाधारको विकास तथा विपद व्यवस्थापनका चुनौतीहरु जस्ता प्रमुख अवरोधहरुले उल्लेखनीय रुपमा औद्योगिक क्षेत्रको विकास र विस्तार हुन नसकेको राष्ट्र बैंकले जनाएको छ।
समीक्षा वर्षमा सुर्खेत जिल्लाले सबैभन्दा धेरै अर्थात २ अर्ब २९ करोड ७९ लाख ६० हजार औद्योगिक कर्जा उपभोग गरेको छ भने सबैभन्दा कम १ करोड ६० लाख ३० हजार डोल्पा जिल्लाले उपभोग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।