काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ५०० रुपैयाँले बढेपछि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ।
यसअघि बिहीबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ रुपैयाँ पुगेको छ। यसअघि बिहीबार भने चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।