काठमाडौं– लक्ष्मी बैंक लिमिटेडको २२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
बिहीबार सम्पन्न साधारणसभाले बैंकको आर्थिक वर्ष २०७८-७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ।
साथै, आर्थिक वर्ष २०७९-८० का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ। आव २०७८-७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ। सो आवमा बैंकले १ अर्ब ५१ करोड रुपैंया
खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
बैंकले हालै मात्र सनराइज बैंकसँग मर्जरका लागि सम्झौता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।