काठमाडौं– अर्थविद् स्वणिम वाग्लले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दालाई आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताएका छन्।
बिहीबार काठमाडौंका बौद्धिक सम्पती संरक्षण समाजले आयोजना गरेको आर्थिक विकास र बौद्धिक सम्पत्ति विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले बौद्धिक सम्पत्ति संरक्षणको मुद्दा अमेरिकाले बढी प्राथमिकता दिएर उठाएकाले नेपालले आलोचनात्मक दृष्टिले हेर्नुपर्ने बताए।
उनले बौद्धिक सम्पत्तिलाई विकसित मुलुकहरुले विश्व व्यापार संगठनको सदस्यमा जबरजस्ति बनाएको बताए। उनले बौद्धिक सम्पत्तिलाई विश्व व्यापार संगठनको सदस्यमा राख्दा इन्फोर्स गर्न सजिलो हुने बताए।
वाग्लेले बौद्धिक सम्पत्तिलाई अमेरिकाले तीव्ररुपमा अगाडि बढाएकोमा पश्चिमा मुलुकहरुले नै आलोचनात्मक टिप्पणी गरिरहेको टिप्पणी गरे। उनले अहिले बौद्धिक सम्पत्तिलाई प्राथमिकता दिएर व्यापार, लगानी र बिफा सम्झौता गरिरहेको बताए।
उनले व्यापार, लगानी र बिफा सम्झौतामा व्यापार र बौद्धिक सम्पत्ति समावेश गर्न हलिउडको मनोरञ्जन उद्योग, औषधि उद्योग र आइसीटी उद्योगको दबाबले गर्दा व्यावसायिक लबीहरु हाबी हुन पुगेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।