काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य सामान्य बढेको छ। बिहीबार सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा २०० रुपैयाँ बढेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ९०० रुपैयाँ प्रतितोला कायम भएको छ।
यसअघि बुधबार भने सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार २०० र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ प्रतितोलामा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।