धनगढी– कैलालीका चारवटा क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको छ। जिल्लामा अनुमति नलिई, कागजपत्र नभएका र अनुमति पाएकोभन्दा अन्य प्रशोधन गरेका चार उद्योग बन्द गर्न प्रशासनले निर्देशन दिएको हो।
कैलालीको गोदावरी नगरपालिकामा सञ्चालित श्रीपुर विल्डर्स प्रालि, धनगढी उपमहानगरपालिकाको उच्चकोटी आरएससी एण्ड इन्जिनियर्स प्रालि, बेहडाबाबा प्रशोधन उद्योग र गोदावरीको शिवशक्ति बालुवा प्रशोधन उद्योगलाई बन्द गर्न निर्देशन दिइएको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
श्रीपुर विल्डर्स प्रालिमार्फत सञ्चालित कालिका कन्सट्रक्सन कम्पनीको क्रसर अनुगमनका क्रममा पेस भएका कागजपत्रका आधारमा अनुमति लिएर सञ्चालनमा रहेको नदेखिएकोले बन्द गर्न निर्देशन दिएको हो भने उच्चाकोटी आरएससी एण्ड इन्जिनियर्स प्रालिले क्रसर तथा बालुवा प्रशोधन उद्योग र शिवशक्ति बालुवा प्रशोधन केन्द्रको दर्तासम्बन्धी कुनै पनि कागजपत्र नभेटिएको तथा भ्याटमासमेत दर्ता नभई बिना बिल बिजक कारोाबार गरिरहेको भेटिएको थियो।
यस्तै बेहडाबाबा वालुवा प्रशोधन उद्योगले वालुवा प्रशोधनसम्बन्धी अनुमति लिएको तर क्रसरसमेत सञ्चालन गरेको पाइएकोले हाललाई सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।