धनगढी– लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ।
आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो।
विज्ञापनमा दरखास्त दिने मिति माघ १७ गते सम्म कायम गरिएको छ। दोब्बर दस्तुर तिरेर भने माघ २४ गते सम्म आवेदन दिन सकिने छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।