काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले हाल पाइपलाइनबाट डिजेल मात्रै आइरहेकोमा पेट्रोललाई पनि पाइपलाइनबाटै ल्याउने प्रक्रिया अघि बढेको बताएका छन्।
मंगलबार आयल निगमले ५३औंँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
साथै, पोखरालगायत देशका विभिन्न डिपोमा निर्माणधीन भर्टिकल ट्याङ्कहरुको निर्माण अन्तिम चरणमा पुगेको र इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) सिस्टम पूर्ण कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।