• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पोएट आइडल : कति कविता, कति अकविता? 

64x64
समर्पण श्री बुधबार, पुस २७, २०७९  ०९:१६
1140x725

काठमाडौं– कवि स्वप्निल स्मृतिले एपिवानबाट बिहीबार र शुक्रबार प्रसारण हुने रियालिटी शो ‘द पोएट आइडल’ चार एपिसोडसम्मै हेरे। कार्यक्रममा कोही सुतेर, कोही कागज चपाएर त कोही चिच्याएर कविता भनिरहेका देखिन्छन्। ‘नयाँ नयाँ हर्कत देख्न पाइरहेको छु। तर कविताहरू अधुरा लागिरहेछन्,’ स्वप्निल भन्छन्।

कवि श्रवण मुकारुङले पहिलो एपिसोड मात्र पूरा हेरे। उनले त्यहाँ प्रस्तुति  मात्र पाए, कविता पाएनन्। ‘मैले पहिलो एपिसोड पूरै हेरेँ। त्यसमा कविता थिएनन्। भर्खर त सुरु भएको छ। कविता त विस्तारै आउँछन् होला नि,’ मुकारुङ भन्छन्। 

श्रवणका अनुसार कविताको फरक विशिष्टता हुन्छ। कविताको उचाईलाई कार्यक्रमले क्षय नगरोस् भन्ने उनको सुझाव छ।

कवि रीमा केसीलाई कार्यक्रमको कन्सेप्ट सुन्दा राम्रै लागिहरेको थियो। तर दुई वटा शो हेरेपछि उनी सहभागीहरूबाट निराश बनिन्। ‘जजमा पनि आइडिया भएको देख्दिनँ। सहभागीले पनि कविताको मर्म मारिरहेका छन्,’ उनी भन्छिन्।

नेपालमा सम्भवत: पहिलो पटक भएको कविताको रियालिटी शो ‘द पोएट आइडल’ले यतिबेला कवि लेखकहरूको ध्यान खिचेको छ। कतिपयले कार्यक्रम हेरेर सकारात्मक प्रतिक्रिया जनाइरहेका छन् त कतिपयले आलोचना।

अमन प्रताप अधिकारीले निर्देशन गरेको उक्त रियालिटी शोमा चार निर्णायक छन्– कविद्वय विप्लव प्रतीक, उपेन्द्र सुब्बा, रंगकर्मी अनुप बराल र अभिनेत्री सुरक्षा पन्त।

कस्ता कवि, कस्ता कविता?
कार्यक्रममा एक प्रतियोगीको कविता निर्णायकहरूले फितलो पाउँछन्। निर्णायक उपेन्द्र सुब्बाले ती प्रतियोगीलाई सोध्छन्, ‘तपाईंले पढेको र मन परेको कविता संग्रहको नाम के हो?’ 

प्रतियोगीले एकछिन सोचेर भन्छन्, ‘मलाई मन परेको र मैले अघिल्लो वर्ष पढेको कवितासंग्रहको नाम हो मेरो देश नेपाल। यो म आफैंले लेखेको हुँ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका कुराले चार निर्णायक खित्का छाडेर हाँस्छन्। उनलाई कविताहरू पढ्न सुझाउँदै निर्णायकहरूले फर्काउँछन्। प्रतियोगी निराजन मौदगल्लेले ‘मानिस र चरा’ शीर्षकको कविता सुनाउँदा अनौठो प्रस्तुति देखाए। न उनका कविता कविताजस्ता थिए, न नाट्य प्रस्तुतिबाट निर्णायक अनुप बराल प्रभावित भए।

यद्यपि, निर्णायक सुरक्षा पन्तले उनलाई अर्को राउण्डमा देख्न चाहिन्। 

अर्का कवि मिल्सनले कविता सुनाइरँदा कागज चापाउन र ओकल्न भ्याए। उनले निर्णायकहरूबाट प्रशंसा नै पाए। 

कार्य्रमममा सहभागीहरूलाई कुनै उमेरले छेकेको थिएन। फरक क्षमता भएकाहरूले पनि प्रस्तुति दिइरहेका थिए। एक दृष्टिविहीन प्रतियोगीले कविता सुनाइन्, तर छनोट भइनन्। यद्यपि कविता सुनाउन पाउँदा खुसी व्यक्त गरिन्।

सिरमहकी रीना शाहले कविता सुनाएपछि तीन निर्णायकले घण्टी बजाए। विप्लव प्रतीकले ֯म के गरौं’ भनेर अलमल परेजस्तो भान दिइरहेका थिए। ‘तपाईंले नगरी त झन् हुन्न,’ रीताले विप्लव आफ्नो लागि खास भएको संकेत गरिन्।

उनले आफू ९ कक्षामा पढ्दाको कुरा स्मरण गराइन्। जतिबेला उनले कविता प्रतियोगितामा कविता वाचन गर्दा विप्लवले धाप मार्दै भनेका थिए, ‘कविता लेख्न जारी राख।’ उनले त्यो क्षण स्मरण गराइरहँदा प्रतीकका आँखा भने रसाइरहेका थिए।

विभिन्न स्भावका प्रतियोगी र कविताको प्रस्तुति थिए। कुनै सहभागीलाई छनोट गर्दा कतै कतै निर्णायक बहकिएझैं पनि लाग्थे। यसरी बहकिएर घण्टी बजाउनेमा सुरक्षा पन्त दोहोरिइहेकी थिइन्। सुनसरीका ओमप्रकाश बानियाँलाई तिनवटै निर्णायकले रिजेक्ट गर्दा सुरक्षाले भने घण्टी बजाइन्। उनले भनिन्, ‘अहिलेसम्म फन्नी साइड अफ पोइमको मिसिङ छ। त्यो साइड हेर्न किन किन घण्टी बजाउन मन लागेको छ। तर थाहा छैन किन हो। मेरो तर्फबाट ओके छ।’ 

उनै प्रतियोगीमाथि अनुपको प्रतिक्रिया थियो, ‘प्रेमको कविता लेख्नु भयो तर प्रेम कहाँ छ।’ 

एक एपिसोडमा प्रतियोगी राजेश पोखरेलले कविता सुनाए। उनको कवितामाथि विप्लव प्रतीकले भने, ‘म पूर्णतया सन्तुष्ट छैन। तर उर्दू शब्दको मोहले गर्दा तिमीलाई एस भन्छु।’ त्यसपछि उनले घण्टी ठोके।

२ भन्दा बढी निर्णायकले घण्टी बजाएमात्र प्रतियोगी छनोट हुन्थे। कुनै प्रतियोगीका कविता यस्ता थिए कि, निर्णायकहरू नै चकित देखिन्थे।

कैलालीको मुनु अधिकारीले ‘म हत्यारा हुँ’ शीर्षकको कविता सुनाउँदा चारै निर्णायकले अविलम्ब नगरी घण्टी बजाए। अनुप बराल भन्दै थिए, ‘कुनै त शीर्षक नै कविता हुन्छ।’ कविता सुनाएर छनोट भएपछि मुनुलाई होस्ट दिव्यदेवले जितबारे प्रश्न गरे। उनले भनिन्, ‘जित्ने नजित्ने आफ्नो हातमा हुन्न। क्राफ्टचाहिँ आफ्नो हातमा हुन्छ।’ 

‘प्लेटफर्म राम्रो, तर कविता खै?
यो अडिसन राउण्ड भएकाले अहिले नै समीक्षा गर्ने पक्षमा कवि श्रवण मुकारुङ छैनन्। यद्यपि कविले मञ्च पाउने कुरामा उनी खुसी छन्। ‘कविले मञ्च पाएको राम्रो कुरा हो। सबै सेलेभल हुने। कविचाहिँ नहुने भन्ने कुरा हुन्छ त! कविता पहिलो सर्त हो। कविता राम्रो हुनुपर्यो ।’ 

उनी यसअघिका कवितामा सन्तुष्ट नभए पनि बाँकी एपिसोडमा राम्रा कविता आउँछन् भन्ने आशामा छन्। कविताको इतिहास लामो भएकाले कविहरूलाई चिनाउने काम निर्णायकहरूले गर्नुपर्ने उनको जोड छ।

कवि चन्द्रवीर तुम्बापो पुँजीवादले प्रेम, युद्ध र संगीत विक्री हुने समयमा पोइट आइडल आउनु स्भाविक मान्छन्। उनी कविताको नितान्त व्यापारका लागि पोएट आइडल आएकोमा गम्भीर कविता नआएको पाउँछन्। ‘नयाँ पुस्ताले प्लेटफर्म पाइरहेका छन्। यो राम्रो कुरा हो। तर कविताको व्यापार हुनुहुन्न,’ उनी भन्छन्।

कवि स्वप्निल स्मृति कविहरूमा पनि सेलिब्रेटी हुने मोह भएको बताउँछन्। विभिन्न मन्चमा नआएका कवि रियालिटी शोमा आएको देख्दा यसलाई सकारात्मक मान्छन्। यद्यपि कविताहरूचाहिँ राम्रा आउनुपर्ने उनको धारणा छ। ‘रमाइलो कार्यक्रम हुन्छ नि गाउँतिर। सबै एक ठाउँ भेला हुने, कतिले जोक गर्छन् नि। सबै हाँस्छन्। बढी त्यस्तो आइरहेको छ। विरलै कविता लायकका आएका छन्,’ कवि स्वप्निल भन्छन्।

निर्णायक भन्छन्– कार्यक्रमले आइडल जन्माउने होइन
निर्णायक अनुप बराल धेरैले यो कार्य्रकम पोएट आइडल जन्माउन गरिएको अपेक्षा गरेको बताउँछन्। ‘तर त्यस्तो होइन। यो कार्यक्रमबाट कविताप्रति रुचि जगाउने, लुकेको प्रतिभालाई मेन स्ट्रिममा ल्याइदिने उद्देश्य हो,’ अनुप भन्छन्। 

अहिले कार्यक्रमको फर्म्याटबारे थाहा नभएकाले पनि आलोचना भएको उनी बताउँछन्। ‘सुरुमा ९ सयबाट १ सय ६५ छानिनुभयो। त्यसपछि ६० जना। अब १४ जना छनोट हुँदासम्म राम्रा कविता आउँछन्। मुख्य प्रतियोगिता यही बीचमा हुन्छ,’ उनी भन्छन्।

तर अनुपलाई खड्किएको कुराचाहिँ मूलधारमा देखिएका अनुहार पोएट आइडलमा देखिएनन्। ‘पपुलर फेस आएनन्। अपेक्षा अनुसारका आउनुपर्ने, चिनिएका र देखिएका साहित्यिक सर्कलका कोही पनि आएनन्,’ उनी भन्छन्।

कवि उपेन्द्र सुब्बा कविता लेखिरहेका तर साहित्यिक वृत्तमा परिचित नभएका पुस्ता आइडलमा आएकोमा खुसी छन्। ‘पूर्वदेखि पञ्चिमसम्म कविता भन्दै हिँड्दा नदेखेकालाई अहिले देखेको छु मैले कार्यक्रममा। बजारले नचिनेका कवि धेरै छन्। यो खुसीको कुरा हो,‘ उपेन्द्र भन्छन्। 

यद्यपि यो शोले पोएट आइडलले जन्माउँछ भनेर सोच्नुचाहिँ गलत ठान्छन् उनी। 

निर्देशक अमनप्रताप अधिकारी पोइट आइडल नयाँ विधा भएकाले सुरुमा नकारात्मक देखिनु स्वभाविक भएको बताउँछन्। तर पोएट आइडलले स्टार कवि भने जन्माउने उनको दाबी छ। ‘अहिलेसम्म गोष्ठीमा आउने मात्र कवि हो भन्ने पुराना चिन्तनबाट बाहिर निस्कनुपर्छ। अहिलेको डिजिटल समाज हो। अब पनि थोत्रा कपडा लगाएर पुरानो झोला बोकेर कविता सुनाउन जाने कविको मान्यताबाट बाहिर निस्कनुपर्छ,’ अधिकारी भन्छन्।

प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  ०९:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्