काठमाडौं- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ।
मंगलबार बिहान नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको सहमहामन्त्री महेन्द्र यादवले जानकारी दिए।
कांग्रेसले प्रतिपक्षमा रहने गरी संविधान रक्षाका लागि भन्दै विश्वासको मत दिने निर्णय गरेको हो।
कांग्रेसको निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित अर्जुन नरसिंह केसी र बलबहादुर केसीले लिखित असहमति जनाएका छन्। आफूहरुले लिखित अहसमति जनाएको बलबहादुर केसीले जनाए।
‘प्रतिपक्षमा बस्नेगरी विश्वासको मत दिने हामीहरुको पनि सहमति छ। नि:सर्त विश्वासको मत दिनुहुँदैन भन्ने धारणा हाम्रो हो’, केसीले नेपाल लाइभसँग भने।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।