काठमाडौं– साप्ताहिक कारोबारको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
तोलामा ४०० रुपैयाँ घटेपछि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।
मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३६५ रुपैयाँ कायम भएको छ। यसअघि सोमबार तोलामा १० रुपैयाँ मूल्य बढेर चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।