काठमाडौं– लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा 'ट्रिब्युट टु लिजेन्ड्स' नामक सांगीतिक कार्यक्रम सम्पन्न भएको छ।
वरिष्ठ गायक दीपक खरेलको सम्मानमा आयोजित कार्यक्रममा गायक खरेलले करिब ३०० दर्शक श्रोतामाझ आफ्नो एकल प्रस्तुति दिएका थिए।
विभिन्न कर्पोरेट संस्थाका विशिष्ट व्यक्तिहरुका साथसाथै संगीतका पारखीहरुको उपस्थिति रहेको कार्यक्रम गाला डिनरका साथ सम्पन्न भएको थियो। कार्यक्रमको आयोजनाबाट प्राप्त रकम लक्ष्मी केयर्सले सामाजिक कार्यमा उपयोग गर्नेछ।
सन् २०१९ मा वरिष्ठ गायक दीप श्रेष्ठको एकल गायनका साथ सुरु भएका 'ट्रिब्युट टु लिजेन्ड्स' श्रृंखलाको यो दोस्रो संस्करण हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।